0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्की शिपयार्डले पायो विशाल आइस-ब्रेकर डिल, ५०० जनाले रोजगारी पाउने

    हेलसिन्की शिपयार्डले क्यानडा सरकारका लागि अत्याधुनिक आइसब्रेकर (बरफ तोड्ने जहाज) निर्माण गर्ने भएको छ। परियोजनाले स्थानीय स्तरमा सयौं नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    .संक्षेपमा.


    • फिनल्यान्डको इतिहासमा पहिलो पटक उत्तर अमेरिकाका लागि आइसब्रेकर जहाज निर्माण गरिँदै।
    • ‘पोलार म्याक्स’ नामक यो जहाज १३८ मिटरभन्दा लामो हुने र सन् २०३० मा बनिसक्ने।
    • २ अर्ब युरोभन्दा बढी लागत, ५०० नयाँ रोजगारी सिर्जना हुने।

    फिनल्यान्डको हेलसिन्कीमा रहेको शिपयार्डले एउटा ऐतिहासिक सम्झौता गरेको छ। सम्झौता अन्तर्गत उत्तर अमेरिकाका लागि पहिलो पटक फिनल्यान्डमा निर्मित आइसब्रेकर (बरफ तोड्ने जहाज) तयार पारिनेछ।

    ‘पोलार म्याक्स’ नाम दिइएको यो विशाल जहाज क्यानडा सरकारका लागि निर्माण गरिनेछ। यसले हेलसिन्की क्षेत्रमा सयौं रोजगारीको ढोका खोल्ने विश्वास गरिएको छ।

    सम्झौता हेलसिन्की शिपयार्डको स्वामित्वमा रहेको क्यानेडियन कम्पनी ‘डेभी’ (Davie) र क्यानडा सरकारबीच भएको हो।जहाज निर्माणको कुल लागत करिब ३.२५ अर्ब क्यानेडियन डलर (लगभग २ अर्ब युरोभन्दा बढी) रहेको छ।

    हेलसिन्की शिपयार्डका प्रमुख कार्यकारी अधिकृत किम साल्मीका अनुसार फिनल्यान्डसँग जहाज डिजाइन र निर्माणमा विश्वमै अद्वितीय र अग्रणी क्षमता रहेको छ। यो परियोजनाले युरोपेली र उत्तर अमेरिकी शिपयार्डहरू बीचको सहकार्यमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।

    यो आइसब्रेकर १३८.५ मिटर लामो हुनेछ र यसको निर्माण कार्य हेलसिन्कीमा सुरु भएर क्यानडाको क्युबेकमा सम्पन्न हुनेछ। जहाज निर्माणको प्रारम्भिक चरणमा आवश्यक पर्ने स्टिलका ब्लकहरू फिनल्यान्डको पोरीमा उत्पादन गरिनेछ।

    सन् २०३० मा सम्पन्न भएपछि ‘पोलार म्याक्स’ क्यानडाको सबैभन्दा बहुउपयोगी ध्रुवीय जहाज बन्नेछ। यसले वर्षैभरि क्यानडाको क्षेत्रीय सुरक्षा, वैज्ञानिक अनुसन्धान, वातावरणीय संरक्षण, तेल चुहावट नियन्त्रण र आपतकालीन उद्धार जस्ता महत्त्वपूर्ण कार्यहरूमा सेवा पुर्याउनेछ।

    यो परियोजना क्यानडाको राष्ट्रिय जहाज निर्माण रणनीतिको हिस्सा भएको जनाइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप