0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका नेपालीले मन पराए ‘उनको स्वीटर’, शनिबार हेलसिन्कीमा तेस्रो सो हुँदै

    आयोजकका अनुसार 'ऊनको स्वीटर' दर्शकहरूले यति धेरै मन पराएका छन् कि पहिल्यै हेरिसकेका दर्शकले समेत फेरि हेर्न टिकट काटेका छन्।

    .संक्षेपमा.


    • मे २४ शनिबारका दिन Kino Myyri, Myyrmäki मा तेस्रो विशेष शो।
    • पूर्वी पहाड पाँचथरको बहुसांस्कृतिक परिवेशमा आधारित कथा।
    • तुर्कु, भासा, र औलु सहरहरूमा पनि चलचित्र देखाइने।

    हेलसिन्कीमा दुई सफल हाउस फुल सो पश्चात् मामा इभेन्ट्सले नेपाली चलचित्र ‘ऊनको स्विटर’ को तेस्रो प्रदर्शन किनो म्युरी म्युरमाकीमा गर्ने भएको छ। आयोजकका अनुसार तेस्रो सोको प्रदर्शन आगामी २४ मे शनिवारका दिन साँझ ७:०० बजेदेखि ९:३० बजेसम्म हुनेछ।

    हेलसिन्कीमा आयोजित अघिल्ला दुई प्रदर्शनहरू हाउस फुल भएपछि आयोजक मामा इभेन्ट्सले दर्शकहरूको मागलाई ध्यानमा राख्दै तेस्रो विशेष सो घोषणा गरेको हो। आयोजकका अनुसार ‘ऊनको स्विटर’ दर्शकहरूले यति धेरै मन पराएका छन् कि पहिल्यै हेरिसकेका दर्शकले समेत फेरि हेर्न टिकट काटेका छन्।

    पूर्वी पहाड पाँचथरको बहु-सांस्कृतिक परिवेशमा आधारित यो चलचित्र अन्तर्जातीय प्रेममा आउने सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक टकरावको कथामा आधारित छ। चलचित्रमा धरणीधर काफ्लेको भूमिकामा अभिनेता विपिन कार्की छन् भने अभिनेत्री मिरुना मगर ‘फूल’को भूमिकामा छिन्। चलचित्रको निर्देशन नवीन चौहानले गरेका हुन्।

    मामा इभेन्ट्सका सुभाष रिजालले नेपालीलाइनेनलाई बताए अनुसार ऊनको स्विटर हेलसिन्कीका अलावा तुर्कु, भान्ता, र औलुमा पनि प्रदर्शन गरिने छ। यो चलचित्र फिनल्यान्डको बक्स अफिसमै रिलिज गरिएको रिजालले बताए। मामा इभेन्ट्सले चलचित्रको युरोप प्रसारण अधिकार लिएको र डेनमार्क, बेल्जियम, साइप्रस, जर्मनी, माल्टा लगायतका मुलुकमा पनि प्रदर्शन भैसकेको वा गर्ने निश्चित भएको उनले बताए।

    आफै पनि ऊनको स्विटर हेरेर निकै प्रभावित भएको र यस्तो राम्रो चलचित्र सितिमिति नबन्ने रिजालले सुनाए। आफूले दुई पटक हेरिसकेको र तेस्रो पटक पनि हेर्ने तयारी गरेको उनले बताए।

    मैले एक दशक यता हेरेका सबै नेपाली चलचित्रहरू मध्ये कै उत्कृष्ट चलचित्र हो– ‘ऊनको स्वीटर’। यत्तिको गुणस्तरीय नेपाली फिल्म विरलै बन्छ। पहिलो चोटी कुनै नेपाली चलचित्र हेरेर हलबाट बाहिरिदा गर्विलो महसुस भयो।

    रीमा विश्वकर्मा, कलाकार

    “सायद एक दशकमा एक चोटी पनि बन्दैन होला यस्तो गज्जबको सिनेमा,” रिजालले भने। “साह्रै राम्रो छ, खोट लगाउने ठाउँ नै छैन।”

    उनको स्विटरले नेपालको घरेलु बक्स अफिसमा समेत सुखद कमाइ गरेको थियो भने दर्शक र समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। पहिलो सातामै चलचित्रले देशव्यापी ४ करोड भन्दा बढी ग्रस कमाइ गरेको नेपाल सरकारको आधिकारिक बक्स अफिसमा उल्लेख छ ।

    नेपाली कलाकार रिमा विश्वकर्माले पनि यसलाई “एक दशक यता हेरेका सबै नेपाली चलचित्रहरू मध्यकै उत्कृष्ट” भनी वर्णन गरेकी थिइन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप