0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    विदेशबाटै लोकगीतको लय: नवीन भट्टराई र शान्तिश्रीको स्वरमा निस्कियो ‘जाम हिँड बम्बै’

    भट्टराईको नेपाली लोकगीत प्रतिको लगाव नयाँ हैन। उनले नेपालमा छँदै र युवा उमेर देखि नै गीत गाउन सुरु गरेका हुन्।

    नेपालको गुल्मीमा जन्मे हुर्केर विगत करिब दुई दशकदेखि फिनल्यान्डलाई कर्मथलो बनाइरहेका नवीन भट्टराईले चर्चित नेपाली लोक गायिका शान्तिश्री परियारसँग गाएको गित जाम हिँड बम्बै सार्वजनिक गरेका छन्।

    विगतमा पनि विभिन्न गीतहरू रेकर्ड गरेका भट्टराईको यो सातौँ प्रस्तुति हो। करिब ६ महिना अगाडी पनि भट्टराईले श्रीकृष्ण भजन नामक भजन गीत सार्वजनिक गरेका थिए।

    अहिले सार्वजनिक गरिएको जाम हिँड बम्बैमा रुपेश न्यौपानेको शब्द र लय, विनोद भण्डारीको कथा र निर्देशन, र प्रशान्त मगरको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा रिचा भट्टराई र सुरेश कोहलीले अभिनय गरेका छन् भने निर्माता रुक्मिणी भट्टराई हुन्।

    उक्त गीत भट्टराईको आफ्नै युट्युब च्यानलमार्फत हिजो सार्वजनिक भएको हो।

    भट्टराईको लामो साङ्गीतिक यात्रा

    भट्टराईको गीत सार्वजनिक भएपछि नेपालीलाइनेनले सम्पर्क गरी उनको साङ्गीतिक यात्रा र विदेशबाट नेपाली सङ्गीतमा समर्पण हुँदाका अनुभवबारे कुरा गरेको छ।

    भट्टराईको नेपाली लोकगीत प्रतिको लगाव नयाँ हैन। उनले नेपालमा छँदै र युवा उमेर देखि नै गीत गाउन सुरु गरेका हुन्। आफ्नै गीत रेकर्ड गराएको चाहिँ करिब सात वर्ष अगाडी हो। आमा शीर्षकमा रहेको उक्त गीतमा उनले बिदेसिएको छोराको पीडा मिठोसँग प्रस्तुत गरेका छन्।

    त्यसपछि उनले अर्को गीत लोक गायिका देवी घर्तीसँग निकालेका थिए। उनको तेस्रो गीतमा चर्चित नायिका प्रियङ्का कार्कीले अभिनय गरेकी थिइन्।

    अहिलेको पछिल्लो गीत भने उनले शान्ति श्री परियारसँग निकालेका हुन्। परियारसँग पुरानो चिनजान रहे पनि सँगै गीत रेकर्ड गर्ने अवसर भने अहिले आएर जुरेको भट्टराईले बताए।

    पेसाले रेस्टुरेन्ट व्यवसायी रहेका भट्टराईको दैनिकी निकै व्यस्त हुन्छ। तैपनि कामको व्यस्तता र अन्य बाध्यताका बाबजुद उनी समय निकालेर साङ्गीतिक कर्ममा लागिरहेका छन्।

    “विदेश आएको वर्षौँसम्म पनि नेपाली गीतमा के ले तानिरहन्छ? के कुराले गीत गाउन प्रेरित गर्छ?” नेपालीलाइनेनले भट्टराईलाई सोधेको थियो।

    “नेपाली गीत-सङ्गीत हाम्रो पहिचान हो। हामी त्यही सुनेर, त्यही गाएर र त्यसैमा रमेर हुर्कियौँ,” भट्टराईले भने। “त्यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि हो।”

    “तर मुख्य कुरा चाहिँ विदेशमा हुर्किँदै गरेको हाम्रो नयाँ पुस्ताले नेपाली सङ्गीत सुनोस्। हाम्रा पनि गीतहरू छन् भन्ने थाहा पाओस्, र केही भए पनि त्यसमा रुचि राखोस् भन्ने हो,” भट्टराईले थपे। “यिनै कुराले मलाई नेपाली सङ्गीतमा सक्रिय हुन प्रेरित गरिरहन्छ।”

    उनले आर्थिक रूपमा खासै फाइदा हुने नभए पनि केही आम्दानी भइहाले सबै समाजसेवामा लगाउने गरेको बताए।

    पेसाले रेस्टुरेन्ट व्यवसायी रहेका भट्टराईको दैनिकी निकै व्यस्त हुन्छ। तैपनि कामको व्यस्तता र अन्य बाध्यताका बाबजुद उनी समय निकालेर साङ्गीतिक कर्ममा लागिरहेका छन्।

    फिनिस नेपाली समाजले आठ वर्ष अगाडी हेलसिन्कीमा आयोजना गरेको रामकृष्ण ढकाल साँझमा गीत गाँउदै भट्टराई।

    सामाजिक संलग्नता र योगदान

    फिनल्यान्डमा लामो समय विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रहेका भट्टराई अहिले पनि नेपाल लोकदोहोरी प्रतिष्ठान अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषसँग आबद्ध छन्।

    उक्त कोषले समस्यामा परेका कलाकार र स्रष्टाहरूलाई सहयोग गर्छ। भट्टराईले पनि पटक-पटक आफ्नै गोजीबाट र कहिलेकाहीँ साथीभाइहरूसँग उठाएर अप्ठ्यारोमा परेका कलाकारहरूलाई सकेको आर्थिक सहयोग गर्ने गरेका छन्।

    उनी लोकदोहोरी प्रतिष्ठान युरोप महाशाखाका पूर्व उपाध्यक्ष र फिनिस नेपाली समाजका सल्लाहकार पनि हुन्।

    उनी फिनल्यान्डको नेपाली समाजमा आयोजना हुने विभिन्न साङ्गीतिक र सांस्कृतिक गतिविधिमा पनि सक्रिय छन्। यहाँ आयोजना हुने विभिन्न कार्यक्रमहरूमा गीत गाउने देखि कलाकारहरू ल्याउनेमा पनि उनले भूमिका खेलेका छन्।

    गत महिना हेलसिन्कीमा हाम्रो इभेन्ट्सले आयोजना गरेको नेपाली लोक साँझमा आफ्नो प्रस्तुति दिन आएका चर्चित लोकगायक खेम सेन्चुरीले पनि भट्टराई दम्पतीलाई आफ्नाअग्रज भन्दै कार्यक्रमको स्टेजमा बोलाएर निकै ठुलो आदर र सम्मान देखाएका थिए।

    हेर्नुहोस् भट्टराई र शान्तिश्री परियारको गित।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप