0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बाह्र महिनामा तीन हजार नेपाली फिनल्यान्ड भित्रिए, नेपालीको भिसा स्वीकृति दर ९४%  

    फिनिस अध्यागमन सेवाको पछिल्लो तथ्याङ्कले आवासीय अनुमति र नागरिकताका लागि नेपालीहरूको आवेदनमा उच्च स्वीकृति दर रहेको देखाएको छ। यद्यपि, केहीलाई देश निकालाको आदेश पनि दिइएको छ।

    .संक्षेपमा.


    • पहिलो पटकको आवासीय अनुमतिका लागि परेका आवेदनमध्ये ९४% स्वीकृत।
    • स्थायी आवासीय अनुमति र नागरिकताका लागि आवेदन दिने ९७% नेपालीले पाए सकारात्मक निर्णय।
    • फिनल्याण्डबाट देश निष्कासन (डिपोर्ट) हुने नेपालीको संख्या पनि बढ्यो।

    फिनिस अध्यागमन सेवा (मिग्री) ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा नेपाली नागरिकहरूका लागि अध्यागमन प्रक्रिया निकै सकारात्मक रहेको देखाएको छ। जुन २०२४ देखि मे २०२५ सम्मको १२ महिनाको तथ्याङ्क अनुसार नेपालीका आवासीय अनुमतिदेखि नागरिकतासम्मका अधिकांश आवेदनहरू स्वीकृत भएका छन्। यस अवधिमा केहीले भने देश निकालाको आदेश पनि सामना गर्नुपरेको छ।

    आवासीय अनुमतिका लागि पेस भएका आवेदनहरूको दुई फरक तथ्याङ्कले नेपालीहरूका लागि फिनल्यान्डले उच्च प्राथमिकता दिएको स्पष्ट हुन्छ। पहिलो पटक आवासीय अनुमतिका लागि परेका कुल २,९९७ आवेदनमध्ये २,८१६ (९४%) ले सकारात्मक निर्णय पाएका छन्, भने १६७ अस्वीकृत भएका छन्।

    यो अवधिमा सबैभन्दा धेरै विद्यार्थी भिसा (१३५४ जनालाई) दिइएको थियो। त्यसपछि परिवार भिसा (डिपेन्डेन्ट) १२२८ जनाले पाएका थिए। सोही अवधिमा ‘वर्क परमिट’मा नेपालबाट फिनल्यान्ड आउनेहरू भने तुलनात्मक रूपमा कम, अर्थात् २३० जना छन्।

    स्थायी आवासीय अनुमति अर्थात् पिआरका लागि परेका ३८९ आवेदनहरूमध्ये ३८१ (९७% भन्दा बढी) स्वीकृत भएका छन्।

    आवासीय अनुमतिका लागि पेस भएका आवेदनहरूको तथ्याङ्कले नेपालीहरूका लागि फिनल्याण्डले उच्च प्राथमिकता दिएको स्पष्ट हुन्छ।

    फिनल्यान्डको नागरिकता प्राप्तिका लागि पनि नेपालीहरूको सफलता दर उत्कृष्ट रहेको छ। कुल ३१४ आवेदनहरूमध्ये ३०६ (९७% भन्दा बढी) ले नागरिकता प्राप्त गरेका छन्। यसले आवश्यक मापदण्डहरू, जस्तै– निश्चित अवधिको बसाइ र भाषा प्रवीणता पूरा गर्ने आवेदकहरूका लागि नागरिक बन्ने बाटो लगभग सुनिश्चित रहेको देखाउँछ।

    पछिल्लो केही वर्षदेखि फिनल्यान्ड नेपालीहरूको रोजाइमा पर्दै आएको छ। यो वर्ष कैयौँ नेपालीहरूले जङ्गली बेरी टिप्ने मौसमी वर्क परमिट भिसा पाएका छन् भने नेपाल फिनल्यान्डमा सबैभन्दा धेरै विद्यार्थी पठाउने देश समेत बनेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप