0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भान्तामा खुल्यो नेपाली समुदायको नयाँ संस्था, सम्पन्न गर्‍यो पहिलो कार्यक्रम

    फिनल्यान्डको भान्ता शहरमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी "भान्ता नेपाली संघ" नामक नयाँ सामाजिक संस्थाको सुरूवात गरिएको छ।

    .संक्षेपमा.


    • भान्तामा नयाँ गैर-नाफामुखी नेपाली संस्थाको स्थापना।
    • सांस्कृतिक कार्यक्रम र सामुदायिक सहयोग संस्थाको मुख्य उद्देश्य।
    • पहिलो तीज कार्यक्रम सम्पन्न।

    फिनल्यान्डको भान्ता शहर र यस वरपर बसोबास गर्दै आएका नेपालीहरूलाई सङ्गठित गर्दै समुदायको हितमा काम गर्ने उद्देश्यका साथ “भान्ता नेपाली सङ्घ” (Vantaa Nepalese Association, Vantaan Nepalilainen Yhdistys ry) को सुरुवात गरिएको छ।

    यो संस्था गैर-नाफामुखी संस्थाको रूपमा दर्ता भएको हो। संस्थाले नेपाली कला, संस्कृति तथा समुदायको प्रवर्द्धनमा जोड दिने जनाइएको छ।

    संस्थाको नेतृत्व अध्यक्षको रूपमा अन्जु ओलीले गरेकी छिन्। सदस्यहरूमा केशव ओली, सोनु वाग्ले ओली, रोलेक्स वाग्ले र आरुषी ढकाल रहेका छन्।

    सांस्कृतिक तथा कलात्मक कार्यक्रमहरू आयोजना गर्ने, खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्ने र नेपाली चाडपर्वहरूलाई भव्यताका साथ मनाउने मुख्य उद्देश्यका साथ संस्थाको स्थापना गरिएको संस्थाका सदस्य केशव ओलीले नेपालीलाइनेनलाई बताए।

    भान्ता क्षेत्रमा नयाँ आएका नेपालीहरूलाई समाजमा घुलमिल हुन र आवश्यक सहयोग प्रदान गर्न पनि सङ्घले विशेष पहल गर्ने ओलीले बताए।

    संस्थाको स्थापना “फिनल्यान्डमा नेपाली” नामक फेसबुक समूहको पहलमा भएको पनि ओलीले जानकारी दिए। उक्त समूहले गरेको एक सर्वेक्षणमा नेपाली समुदायबाट प्राप्त सुझाव र गुनासाहरूलाई सम्बोधन गर्न यो संस्थाको आवश्यकता महसुस गरिएको थियो। उक्त फेसबुक समूहमा करिब पच्चिस हजार सदस्य छन्।

    मनायो तीज

    स्थापनाको केही दिनमै सङ्घले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमको रूपमा हिजो अगस्ट २३ का दिन निःशुल्क तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। पहिलो भए पनि उक्त कार्यक्रम निकै सफल भएको र यसले भान्ता तथा वरपरका नेपाली समुदायलाई तीजको अवसरमा पहिलो पटक एउटै मञ्चमा भेला गराएको आयोजकले जनाएको छ।

    समुदायमा एकता, सक्रियता र सहयोगको भावना अभिवृद्धि गर्ने लक्ष्य लिएको यस संस्थाले आगामी दिनहरूमा थप विविध सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरू ल्याउने योजना बनाएको जनाएको छ।

    भान्ता नेपाली सङ्घले आयोजना गरेको पहिलो तीज कार्यक्रम। फोटोः भान्ता नेपाली सङ्घ
    भान्ता नेपाली सङ्घकी अध्यक्ष अन्जु ओली। फोटोः भान्ता नेपाली सङ्घ
    सङ्घले आयोजना गरेको तीज कार्यक्रममा सहभागीहरुले संयुक्त रूपमा दर खाएका थिए। फोटोः भान्ता नेपाली सङ्घ
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप