0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    जम्बो टोली लिएर प्रधानमन्त्री ओर्पो बेइजिङमा, यस्तो छ भ्रमणको मुख्य एजेन्डा

    प्रधानमन्त्री ओर्पो २० भन्दा बढी कम्पनीका प्रमुखसहित व्यापारिक सम्बन्ध बलियो बनाउन चार दिने भ्रमणका लागि चीन पुगेका हुन्।

    संक्षेपमा



    • फिनल्यान्डका ठूला कम्पनीहरूको बजार विस्तार गर्ने मुख्य लक्ष्य।
    • चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छियाङसँग उच्चस्तरीय भेटवार्ता गर्ने।
    • विचारधारा भन्दा व्यावहारिक र आर्थिक सहकार्यमा जोड।

    फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पो चार दिने औपचारिक भ्रमणका लागि आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन्।

    भ्रमणको मुख्य उद्देश्य फिनल्यान्डका कम्पनीहरूका लागि चिनियाँ बजारको ढोका खोल्नु र निर्यातलाई बलियो बनाउनु रहेको छ।

    ओर्पोले बेइजिङ पुगेपछि सामाजिक सञ्जालमा आगामी दिनहरू ‘रोचक’ हुने अपेक्षा व्यक्त गरेका छन्।

    उनीसँगै फिनल्यान्डका २० भन्दा बढी ठुला कम्पनीका कार्यकारीहरू चीन पुगेका हुन्। सोमबार ओर्पोले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओसँग भेट्ने कार्यक्रम छ।

    भ्रमण टोलीमा फिनएयर, फाजर, केमिरा, कोने, भालियो, भालमेट र वार्टसिला जस्ता ठूला फिनिस कम्पनीका प्रमुखहरू पनि सामेल छन्।

    भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा छलफल हुनेछ।

    दुई देशबीच ‘इनोभेटिभ बिजनेस कोअपरेसन’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

    मेशिनरी, वन पैदावार, स्वच्छ ऊर्जा र खाद्य प्रविधि जस्ता क्षेत्रमा फिनल्यान्डको पकड बलियो छ। यी क्षेत्रमा चिनियाँ कम्पनीहरूसँग थप सहकार्य गर्ने ओर्पोको योजना छ।

    पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ मा चिन र फिनल्यान्डबीचको व्यापार ८ अर्ब डलर नाघेको छ। फिनल्यान्डका लागि चीन एसियाकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण व्यापारिक साझेदार मानिन्छ।

    फिनल्यान्डका लागि चीन एसियाकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण व्यापारिक साझेदार मानिन्छ।

    अहिलेको अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा फिनल्यान्ड र चीनको सम्बन्धलाई एक नमुनाको रूपमा हेरिएको छ। फिनल्यान्डले आफ्नो निर्यात बढाउन र अमेरिकामाथिको निर्भरता कम गर्न चीनसँगको सहकार्यलाई प्राथमिकता दिएको विज्ञहरू बताउँछन्।

    फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले पनि सन् २०२४ अक्टोबरमा चीन भ्रमण गरेका थिए।

    फिनल्यान्ड जनवादी गणतन्त्र चीनलाई मान्यता दिने र व्यापार सम्झौता गर्ने पहिलो पश्चिमी देशहरू मध्ये एक हो।

    सन् १९८८ मा फिनएयरले पश्चिमी देशको राजधानीबाट बेइजिङका लागि पहिलो सिधा उडान सुरु गरेको ऐतिहासिक रेकर्ड छ।

    सन् २०१५ देखि फिनल्यान्डमा अध्ययनरत विदेशी विद्यार्थीहरूमा चिनियाँहरूको संख्या सबैभन्दा उच्च मध्ये एक रहँदै आएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप