यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- शिशुको हत्या प्रयास गर्ने ३२ वर्षीय आरोपितको जेलमा मृत्यु।
- मृत्युमा कुनै आपराधिक संलग्नता नरहेको प्रहरीको अनुमान।
- घाइते नवजात शिशुको अस्पतालमा उपचार जारी।
फिनल्यान्डको औलुमा आफ्नै दुई साताको शिशुको हत्या प्रयास गरेको आरोप लागेका ३२ वर्षीय पुरुषको औलु जेलमा मृत्यु भएको छ।
प्रहरीका अनुसार आजै बिहान ७ बजेतिर उनको मृत्युको खबर प्राप्त भएको थियो।
औलु प्रहरीका सञ्चार प्रमुख तेरो भाउरुनेनले उक्त मृत्युमा कुनै अपराध नजोडिएको बताए।
घटना गत शुक्रबार घटेको थियो भने आरोपितलाई हिजो सोमबार साँझ अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि औलु जेलमा लगिएको थियो।
आरोपितको कारगार गएको पहिलो रातमै मृत्यु भएको हो।
शुक्रबार बिहान ५ बजेतिर छिमेकीले आपतकालीन नम्बरमा फोन गरेपछि यो घटना सार्वजनिक भएको थियो।
के थियो घटना?
आरोपित पुरुषले आफ्ना नवजात शिशुलाई अपार्टमेन्टको कंक्रिट भुइँमा बजारेको र पत्नीलाई कुटपिट गरेको आरोप थियो।
गत शुक्रबार बिहान ५ बजेतिर छिमेकीले आपतकालीन नम्बरमा फोन गरेपछि यो घटना सार्वजनिक भएको थियो।
घटनालगत्तै शिशु र पत्नीलाई तत्काल अस्पताल लगिएको थियो। प्रहरीका अनुसार गम्भीर घाइते शिशुको अझै अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले हत्या प्रयास र कुटपिटको अनुसन्धान जारी राखेको छ। यस विषयमा हाल थप जानकारी दिइएको छैन।
इल्तालेहती पत्रिकाका अनुसार ती पुरुषको यसअघि कुनै आपराधिक रेकर्ड थिएन। तर हेलसिन्की सानोमातले भने उनलाई बलात्कारको आरोप लागेको र मध्य फेब्रुअरीमा औलु जिल्ला अदालतमा मुद्दा दायर भए पनि सुनुवाइ हुन बाँकी रहेको उल्लेख गरेको छ।
फिनल्यान्डको कानुन प्रणालीमा गम्भीर अपराधको आरोप लागेका व्यक्तिहरूलाई अनुसन्धान र सुनुवाइको क्रममा ‘रिमान्ड’ (कारागार) मा राख्ने गरिन्छ।
हिरासत वा जेलभित्र कसैको मृत्यु भएमा प्रहरीले त्यसको छुट्टै र स्वतन्त्र अनुसन्धान गर्छ। प्रारम्भिक रूपमा बाह्य चोटपटक वा आपराधिक गतिविधि नदेखिएमा यसलाई प्राकृतिक मृत्यु वा आत्महत्याको रूपमा लिने गरिन्छ।
फिनल्यान्डको प्रहरीले घटनासँग जोडिएका पीडितहरूको गोपनियताको उच्च सम्मान गर्ने हुनाले यस्ता घटनामा विस्तृत विवरणहरू विरलै सार्वजनिक गरिन्छ।





