0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका अर्थ र गृहमन्त्रीको संयुक्त लेखः ‘आप्रवासीको ‘इन्टिग्रेसन’लाई पैसा दिनु बेकार’

    "फिनल्यान्ड अब सबैका लागि तयार पारिएको भोजको टेबल जस्तो हुन सक्दैन, यहाँ आउनेले जिम्मेवारी पनि लिनुपर्छ," मन्त्रीहरूले लेखेका छन्।

    फिनल्यान्डकी अर्थमन्त्री रिक्का पुर्रा र गृहमन्त्री मारी रान्तानेनले विगत ३५ वर्षमा अर्बौँ युरो खर्च गर्दा पनि आप्रवासीहरू फिनिस समाजमा एकीकृत हुन नसकेको भन्दै इन्टिग्रेसनको नाममा गरिने खर्चलाई जारी राख्न नहुने बताएका छन्।

    आप्रवासीहरू आफ्नो एकीकरणको लागि आफै जिम्मेवार हुनुपर्ने उनीहरूको तर्क छ। हेलसिन्की सानोमात पत्रिकामा संयुक्त लेख प्रकाशित गर्दै उनीहरूले उक्त विचार व्यक्त गरेका हुन्।

    दुवै नेतृ आप्रवासी-आलोचक फिन्स पार्टी अर्थात् पेरुससुओमालाइनेनमा आबद्ध छन्।

    खासगरी विकासोन्मुख देशहरूबाट फिनल्यान्ड आएकाहरू के साँच्चै फिनिस समाजको सक्रिय हिस्सा बनेका छन् त भन्ने प्रश्न पनि उनीहरूले गरेका छन्।

    “फिनल्यान्ड अब सबैका लागि तयार पारिएको भोजको टेबल जस्तो हुन सक्दैन, यहाँ आउनेले जिम्मेवारी पनि लिनुपर्छ,” मन्त्रीहरूले लेखेका छन्।

    रोजगार, शिक्षा र सामाजिक सहयोगसम्बन्धी तथ्याङ्कले आप्रवासीहरूको एकीकरण औसतमा कमजोर रहेको देखाएको उनीहरूले बताएका छन्।

    “यदि आप्रवासीको एकीकरण पैसा र विभिन्न पाठ्यक्रमहरूमा मात्र निर्भर हुन्थ्यो भने अवश्य पनि उनीहरू एकीकृत भइसक्थे।” मन्त्रीहरूले भनेका छन्।

    उनीहरूका अनुसार भाषा र कामले एकीकरणमा मद्दत गरे पनि आप्रवासीको आफ्नै इच्छा र प्रयास सबैभन्दा महत्त्वपूर्ण हुन्छ।उनीहरूले आप्रवासनमा हुने खर्चलगायत सबै क्षेत्रमा कटौती आवश्यक रहेको बताएका छन्।

    “आप्रवासीहरूलाई फिनल्यान्डमा बस्नका लागि यति धेरै विशेष व्यवस्था चाहिन्छ भने के फिनल्यान्डलाई साँच्चै उनीहरूको यति धेरै आवश्यकता छ?” उनीहरूले उक्त लेखमा गम्भीर प्रश्न उठाएका छन्।

    फिनल्यान्डको हरेक सार्वजनिक क्षेत्रमा खर्च कटौति भइरहेको भन्दै उनीहरूले त्यस्तो कटौती अव आप्रवासीहरूलाई दिइने विभिन्न सुविधामा पनि लागु हुनुपर्ने स्पष्ट पारेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप