0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा भयानक कार दुर्घटना: एकको मृत्यु, दुई गम्भीर घाइते, चालक थिए रक्सीको नशामा

    प्रहरी घटनास्थलमा पुग्दा दुर्घटनामा परेका सबै जना गाडी बाहिर फेला परेका थिए।

    .संक्षेपमा.


    • हेलसिन्कीमा आइतबार बिहान भएको कार दुर्घटनामा एकको मृत्यु।
    • चालकले मादक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष।
    • दुर्घटनामा परेका सबै युवा उमेरका।

    हेलसिन्कीको लाहदेनभाउला (Lahdenväylä) मा आज (आइतबार) बिहान सबेरै एउटा कार सडकबाट बाहिरिँदा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई गम्भीर घाइते भएका छन्।

    आपतकालीन केन्द्रमा बिहान ४ बजेतिर दुर्घटनाको सूचना आएको थियो। प्रहरीका अनुसार कारमा चालकसहित चार जना युवाहरू सवार थिए।

    दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईलाई गम्भीर चोट लागेकोले अस्पताल लगिएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकले कोस्केलानतिए (Koskelantie) को र्‍याम्प नजिक गाडीको नियन्त्रण गुमाएका थिए। चालकले मादक पदार्थ सेवन गरेको देखिएको प्रहरीले जनाएको छ। यद्यपी घटनाबारे थप अनुसन्धान हुँदैछ।

    प्रहरी घटनास्थलमा पुग्दा दुर्घटनामा परेका सबै जना गाडी बाहिर फेला परेका थिए। प्रहरीका अनुसार त्यसले दुर्घटना निकै शक्तिशाली रहेको संकेत गर्दछ।

    चालकलाई गम्भीर रूपमा ट्राफिक सुरक्षालाई खतरामा पारेको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, गम्भीर लापरबाहीद्वारा मृत्यु गराएको र गम्भीर चोटपटक पुर्याएको जस्ता अपराधमा संलग्न भएको आशंका गरिएको छ।

    प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। अनुसन्धान अघि बढ्दै जाँदा अभियोगहरू थप स्पष्ट हुन सक्ने बताइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप