0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सोबिता गौतम फिनल्यान्ड आउँदै, सोमबार हेलसिन्कीमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    'युरोप भ्रमण २०२५' को क्रममा नेतृ गौतमले नेपाली समुदायसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्ने। आयोजक भन्छन्: 'यो पार्टीको कार्यक्रम होइन, सबैलाई स्वागत छ।

    .संक्षेपमा.


    • पूर्व सांसद गौतमले सोमबार हेलसिन्कीमा नेपाली समुदायलाई सम्बोधन गर्ने।
    • गौतम नर्वेबाट फिनल्यान्ड आउँदै।
    • आयोजक: यो गैर-दलीय कार्यक्रम हो, सबै नेपालीलाई स्वागत छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा निवर्तमान संसदकी सांसद सोबिता गौतम आगामी सोमबार फिनल्यान्ड आउँदै छिन्। उनले हेलसिन्कीमा नेपाली समुदायसँग नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ।

    यो कार्यक्रम नोभेम्बर १० सोमबारका दिन साँझ ५ बजेदेखि ७ बजेसम्म हेलसिन्कीको माल्मीस्थित Malmin työväentalo (ठेगानाः Takaniitynkuja 9 मा आयोजना हुँदैछ। पहिले भिक्कीमा हुने भनिएको कार्यक्रम प्राविधिक कारणले माल्मीमा सारिएको आयोजकले जनाएको छ।

    गौतमको फिनल्यान्ड भ्रमणको समन्वय गरिरहेकी रुक्मिणी भट्टराईले यो कार्यक्रम कुनै पार्टी विशेषको नभएको बताइन्।

    “यो रास्वपाको मात्र कार्यक्रम होइन,” उनले भनिन्, “फिनल्यान्डमा रहेका सबै नेपालीहरूलाई उपस्थितिका लागि स्वागत छ।”

    भट्टराई रास्वपा सम्बद्ध प्रवास नेपाली सम्पर्क विभाग फिनल्यान्डकी संयोजक तथा फिनिस नेपाली समाजकी अध्यक्ष हुन्।

    गौतमको यो भ्रमण “युरोप भ्रमण २०२५” अभियानको हिस्सा रहेको बताइएको छ। उनी नोभेम्बर २ देखि १२ तारिखसम्म युरोपका विभिन्न देशको भ्रमणमा छिन्।

    फिनल्यान्ड आउनुअघि उनले नोभेम्बर ९ मा नर्वेमा “प्रवासी नेपाली र राष्ट्र निर्माणमा उनीहरूको योगदान” विषयमा सम्बोधन गर्नेछिन्।

    गौतम नेपालको विघटित संघीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी प्रत्यक्ष निर्वाचित सांसद थिइन्। उनी रास्वपाकी संस्थापक केन्द्रीय सदस्य तथा सचिवालय सदस्य पनि हुन्।

    को हुन् सोबिता गौतम?

    सोबिता गौतम नेपालको विघटित संघीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी प्रत्यक्ष निर्वाचित सांसद थिइन्। उनी रास्वपाकी संस्थापक केन्द्रीय सदस्य तथा सचिवालय सदस्य पनि हुन्।

    सन् २०२२ को संघीय निर्वाचनमा उनी काठमाडौं-२ बाट निर्वाचित भएकी थिइन्। पेशाले वकिल गौतम संसदमा मुख्य गरी कानुन, न्याय तथा मानवअधिकार समितिमा सक्रिय थिइन्।

    उनलाई विशेष गरी युवा पुस्ताको आवाज उठाउने, पारदर्शिता र सुधारका पक्षमा वकालत गर्ने नेतृका रूपमा चिनिन्छ। उनले टेलिभिजनमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने गरेकी थिइन्।

    रास्वपाभित्र उनी सभापति रबी लामिछानेको कट्टर समर्थकको रूपमा परिचित छिन्। 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप