0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    अध्ययन: आप्रवासी बालबालिकालाई फिनल्यान्डका डे-केयरमा छैन पर्याप्त सहयोग

    नयाँ अध्ययनले आप्रवासी परिवारको विविधतालाई फिनिस पूर्व-प्राथमिक शिक्षामा पर्याप्त ध्यान नदिइएको देखाएको छ।

    .संक्षेपमा.


    • ‘हामी’ र ‘तिनीहरू’ भन्ने विभेदकारी सोच नीतिगत रूपमै अझै कायम।
    • राम्रा अभ्यासहरू भए पनि ती केवल निश्चित शिक्षक र स्कुलमा मात्र सीमित।
    • समाजमा घुलमिल हुन सुरुवाती चरणमै परिवारलाई सहयोग र लगानी अपरिहार्य।

    फिनल्यान्डको पूर्व-प्राथमिक शिक्षा अर्थात् डेकेयरमा आप्रवासी पृष्ठभूमिका परिवारलाई अझै राम्रो सहयोग आवश्यक रहेको एक अध्ययनले देखाएको छ।

    हेलसिन्की विश्वविद्यालयका शोधकर्ता लास्सी लाभान्तीको नयाँ अनुसन्धान अनुसार डे-केयर शिक्षा प्रणालीमा परिवारहरूको विविधतालाई अझै पनि पर्याप्त रूपमा पहिचान गरिएको छैन।

    यस्तो सहयोगको अभावले आप्रवासी परिवारहरूलाई फिनिस समाजमा घुलमिल हुन गाह्रो बनाइरहेको अध्ययनको दाबी छ। यसको प्रत्यक्ष असर भविष्यमा बालबालिकाको विद्यालयको सफलतामा समेत पर्न सक्ने चेतावनी अध्ययनले दिएको छ।

    लाभान्तीको अध्ययन अनुसार पूर्व-प्राथमिक शिक्षाका निर्देशिकाहरूले अझै पनि परिवारहरूको विविधतालाई फराकिलो रूपमा समेट्न सकेका छैनन्। यसले गर्दा अझै पनि फिनिस समाजमा ‘हामी’ र ‘तिनीहरू’ भन्ने विभेदकारी सोच कायम रहेको देखिन्छ।

    राम्रा अभ्यासहरू पनि छन्, तर सबैतिर छैनन्

    अध्ययनमा सहभागी केही डे-केयर (Päiväkoti) हरूमा भने परिवारको विविधतालाई सम्मान गर्ने निकै राम्रा अभ्यासहरू पनि भेटिएका थिए।

    उदाहरणका लागि बालबालिकाको भाषा सिकाइलाई मद्दत गर्न बहुभाषी सामग्री र चित्रहरूको प्रयोग गर्ने गरिएको पाइएको थियो।

    त्यस्तै बालबालिकालाई खेलका क्रममा आफ्नै मातृभाषा प्रयोग गर्न दिने र बिहानी सत्रमा विभिन्न भाषामा अभिवादन गर्ने चलन पनि केही ठाउँमा रहेको अध्ययनमा उल्लेख छ।

    बालबालीकालाई घरबाट किताबहरू ल्याएर डे-केयरमा पढ्न दिने अवसर प्रदान गरिएको केही ठाउँमा देखिएको थियो।

    तर समस्या के छ भने यी राम्रा कामहरू फिनल्यान्डभर एकनासका छैनन्। यी अभ्यासहरू केवल केही निश्चित डे-केयर वा शिक्षकको व्यक्तिगत पहलमा मात्र निर्भर रहेका छन्।

    राम्रा कामहरू फिनल्यान्डभर एकनासका छैनन्। यी अभ्यासहरू केवल केही निश्चित डे-केयर वा शिक्षकको व्यक्तिगत पहलमा मात्र निर्भर रहेका छन्।

    अभिभावकको सहभागिताले बालबालिकाको भविष्य सुधार्छ

    लाभान्तीका अनुसार यस्ता सहयोगी मोडेलहरूलाई फिनल्यान्डभरि विस्तार गर्नु अत्यन्त जरुरी छ। तर यसका लागि रोजगारदाता र सरकारले आर्थिक लगानी पनि बढाउनुपर्ने हुन्छ।

    आप्रवासी पृष्ठभूमिका युवाहरूमा स्थानीय युवाको तुलनामा समाजबाट एक्लिने जोखिम बढी हुने अन्य अध्ययनहरूले देखाएका छन्। त्यसैले डे-केयर सुरु हुने बित्तिकै परिवारलाई सहयोग गर्नु महत्त्वपूर्ण हुने लाभान्ती बताउँछन्।

    धेरैजसो आप्रवासी परिवारका लागि डे-केयर नै पहिलो त्यस्तो ठाउँ हो, जहाँ उनीहरूले अन्य परिवारसँग भेट्ने मौका पाउँछन्। अभिभावक डे-केयरसँग जति नजिक हुन्छन्, बालबालिकाको भलाइ र पढाइ त्यति नै राम्रो हुने गर्छ।

    लास्सी लाभान्तीले यही डिसेम्बर ५ विहान १० बजे हेलसिन्की विश्वविद्यालयको शिक्षा संकायमा यो विषयमा आफ्नो विद्यावारिधि (PhD) शोध प्रस्तुत गर्दैछन्। उनको अध्ययन डे-केयरका शिक्षक, प्रबन्धक र आप्रवासी अभिभावकहरूसँगको अन्तर्वार्तामा आधारित छ।

    उनको विद्यावारिधि डिफेन्स माथि उल्लेखित मिति र स्थानमा यो लिकं प्रयोग गरि सुन्न र हेर्न सकिने छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप