0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भान्तामा भयानक दुर्घटना: रेस्टुरेन्टको टेरेसमा कार जोतिँदा १५ वर्षीय किशोरको मृत्यु

    भान्ताको तिक्कुरीलामा दुई कार ठोक्किएपछि अनियन्त्रित भएको एउटा कार मानिसहरू बसिरहेको टेरेसमा पस्दा त्यहाँ बसिरहेका १५ वर्षे किशोरको ज्यान गएको हो।

    .संक्षेपमा.


    • १५ वर्षीय किशोरको घटनास्थलमै मृत्यु।
    • २२ वर्षीय कार चालक प्रहरी नियन्त्रणमा।
    • चालकमाथि गम्भीर लापरबाहीको अभियोग।

    फिनल्यान्डको भान्तास्थित तिक्कुरिलामा हिजो शनिबार साँझ भएको गम्भीर सवारी दुर्घटनामा परी एक १५ वर्षीय किशोरको ज्यान गएको छ।

    दुईवटा कार आपसमा ठोक्किएपछि अनियन्त्रित भएको एउटा कार रेस्टुरेन्टको टेरेसमा जोतिँदा यो दुःखद घटना भएको हो।

    दुर्घटना शनिबार साँझ करिब ७:२० बजे Talvikkitie र Hernetie सडकको चोकमा भएको थियो। त्यहाँ दुईवटा कार एकआपसमा ठोक्किएका थिए।

    ठक्करपछि एउटा कार हुत्तिएर नजिकैको Grill House रेस्टुरेन्टको टेरेसमा पुगेको थियो। पूर्वी-उसिमा प्रहरीका अनुसार दुर्घटनाको समयमा टेरेसमा धेरै मानिसहरू थिए।

    दुर्घटनाले क्षतिग्रस्त टेरेस र मृतकको सम्झनामा बालिएका मैनबत्तीहरू। फोटोः नेपालीलाइनेनका पाठक

    कारले किचेपछि उनलाई बचाउन तत्कालै प्रयास गरिएको थियो, तर उनको घटनास्थलमै मृत्यु भयो।

    टेरेसमा रहेका १५ वर्षीय किशोरले कार आफूतिर आएको देखेर भाग्न भ्याएनन्। कारले किचेपछि उनलाई बचाउन तत्कालै प्रयास गरिएको थियो, तर उनको घटनास्थलमै मृत्यु भयो।

    टेरेसमै रहेका अर्का एक युवा भने भाग्न सफल भएका छन्। उनी सडकबाट हाम फालेर बच्न सफल भएको र उनलाई कुनै शारीरिक चोटपटक नलागेको प्रहरीको विज्ञप्तीमा उल्लेख छ।

    टेरेसमा कार जोताउने चालक २२ वर्षीय पुरुष हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक रूपमा चालकमाथि गम्भीर सडक सुरक्षा उल्लङ्घन र लापरबाहीपूर्ण हत्याको अभियोग लगाइएको छ।

    अनुसन्धान अघि बढ्दै जाँदा मुद्दाका शीर्षकहरू थप स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी आइतबार सार्वजनिक गरिने बताइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप