0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    यस्तो हुनेछ फिनल्यान्डमा यो वर्षको समर

    युरोपेली मौसम विज्ञान केन्द्रको पूर्वानुमान: अनुसार यो वर्ष सम्पूर्ण युरोप नै सामान्य भन्दा तातो रहने छ।

    .संक्षेपमा.


    • फिनल्याण्डको पश्चिमी र दक्षिणी भागमा तापक्रम सामान्य भन्दा ०.५-१ डिग्री सेल्सियस बढी हुने।
    • देशको मध्य भागदेखि ल्याप्ल्याण्डसम्म ०-०.५ डिग्री सेल्सियस बढी तापक्रम।
    • वर्षाको मात्रा भने सामान्य नै रहने।

    फोरेका मौसम सेवाका मौसमविद् योनास कोस्केलाका अनुसार युरोपेली मौसम पूर्वानुमान केन्द्र (ECMWF) ले जारी गरेको गृष्म ऋतुको त्रैमासिक पूर्वानुमानले यो समरमा फिनल्याण्डमा औसत भन्दा बढी तातो मौसम हुने देखाएको छ।

    पूर्वानुमान अनुसार जुन देखि अगस्ट महिनासम्म सम्पूर्ण युरोप नै सामान्य भन्दा तातो हुने देखिएको हो। विशेषगरी मध्य र दक्षिणी युरोपमा धेरै गर्मी र सुख्खा मौसम हुने अनुमान गरिएको छ।

    फिनल्याण्डमा वर्षाको मात्रा भने सामान्य नै रहने देखिएको छ। तर देशको पूर्वी र पश्चिमी क्षेत्र, विशेषगरी नर्वेको पहाडी क्षेत्रमा भने सामान्य भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

    गत वर्ष २०२४ को समर अर्थात् गृष्म ऋतु युरोपकै सबैभन्दा तातो रेकर्ड गरिएको थियो। फिनल्याण्डमा जुन-अगस्ट महिनाको औसत तापक्रम १६.२ डिग्री सेल्सियस मापन गरिएको थियो। गत वर्ष कुओपिओ र हेइनोलामा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियससम्म पुगेको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप