0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा परम्परागत नेपाली विवाह सम्पन्न, YLE टिभीले खिच्यो वृत्तचित्र

    नवविवाहित जोडीले फिनल्यान्डमा परम्परागत विवाह गर्ने इच्छा व्यक्त गरेपछि पशुपतिनाथ फिनल्यान्डले उक्त विवाह कार्यक्रमको आयोजना गरिदिएको हो।

    .संक्षेपमा.


    • हेलसिन्कीमा एक नेपाली जोडीले परम्परागत हिन्दु रितीरिवाज अनुसार विवाह गरे।
    • फिनल्यान्डको राष्ट्रिय टिभी YLE ले विवाह संस्कारको वृत्तचित्र बनायो।
    • फिनल्यान्डमा करिब १०००-१२०० युरोमा परम्परागत नेपाली विवाह गर्न सकिने।

    हेलसिन्कीमा शनिबार एक नेपाली जोडीले परम्परागत हिन्दु रितीरिवाज अनुसार विवाह बन्धनमा बाँधिएका छन्।

    फिनल्यान्डमा बस्दै आएका दुई नेपाली कपिल बस्नेत र सुमित्रा थापा विवाह बन्धनमा बाधिएका हुन्। उक्त विवाह समारोहलाई फिनल्यान्डको राष्ट्रिय टेलिभिजन YLE ले समेत वृत्तचित्रका लागि कैद गरेको छ।

    हेलसिन्कीको नेपाली रेस्टुरेन्ट चौतारीमा उक्त विवाह समारोह सम्पन्न भएको थियो। नवविवाहित जोडीले फिनल्यान्डमा परम्परागत विवाह गर्ने इच्छा व्यक्त गरेपछि पशुपतिनाथ फिनल्यान्डले विवाह कार्यक्रमको आयोजना गरिदिएको हो।

    विवाहको सांस्कृतिक महत्वलाई उजागर गर्न YLE टिभीबाट आएका पाँच जनाले चार घण्टाभन्दा बढी समय लगाएर भिडियो खिचेको आयोजकले नेपालीलाइनेनलाई जानकारी दिए। उक्त दृश्यहरू पछि एक वृत्तचित्रमा प्रसारण गरिने जनाइएको छ।

    पशुपतिनाथ फिनल्यान्डका द्रोण सापकोटाले नेपालीलाइनेनलाई बताए अनुसार विवाह समारोह नेपालमा गरिने जस्तै गरी सबै हिन्दु परम्पराहरू पालना गरेर सम्पन्न गरिएको थियो।

    “यो विवाह ठ्याक्कै नेपालमा हुने विवाह जस्तै हो,” उनले भने। “सबै हिन्दु परम्परा पालना गरेर सम्पन्न गरिएको हो।”

    समारोहमा करिब ५० जनाको उपस्थिति थियो। हेलसिन्कीका नगर परिषद सदस्य कृष्ण रेग्मी र पशुपतिनाथ फिनल्यान्डका अध्यक्ष पुनाराम भण्डारी पनि समारोहमा सहभागि भएका थिए।

    भविष्यमा सेवा विस्तार गर्ने तैयारी

    सापकोटाले अनुरोध आएमा विवाह, ब्रतबन्ध, न्वारान र पास्नी जस्ता अन्य हिन्दु संस्कारहरू पनि आयोजना गर्न सकिने बताए। ठाउँको अभावका कारण हाल किरिया जस्ता मृत्यु संस्कार गर्न केही कठिनाइ भएपनि भविष्यमा त्यसका लागि पनि पहल गर्ने सापकोटाले उल्लेख गरे।

    विदेशमा रहे पनि नेपालीहरूले आफ्ना महत्त्वपूर्ण संस्कारहरू आफ्नै रितीरिवाज अनुसार गर्न पाऊन् भन्ने उद्देश्यका साथ संस्थाले काम गरिरहेको सापकोटाले बताए। “नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने पनि हाम्रो उद्देश्य हो।” उनले भने।

    विवाहमा लाग्ने खर्चबारे नेपालीलाइनेनले सोधेको प्रश्नमा सापकोटाले पूजा सामग्रीका लागि करिब ५०० युरो लाग्ने अनुमान गरे।

    “पाहुनाको संख्या र खानाको प्रकार अनुसार कुल खर्च निर्धारण हुने भए पनि करिब १००० देखि १२०० युरोमा राम्रै खाले परम्परागत विवाह आयोजना गर्न सकिन्छ।” उनले भने।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप