विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको समुद्रमा बेवारिसे शव फेला, सोही ठाउँबाट हराएका थिए १८ वर्षे भारतीय विद्यार्थी

मे महिनादेखि बेपत्ता १८ वर्षीय भारतीय विद्यार्थीको खोजी भइरहेका बेला हेलसिन्कीको समुद्रमा एक चिन्न नसकिने अवस्थामा रहेको शव फेला परेको हो।

संक्षेपमा


  • हेलसिन्कीको क्रुनुभुओरेनरान्तास्थित समुद्रमा बेवारिसे शव भेटियो।
  • मे महिनादेखि बेपत्ता १८ वर्षीय भारतीय विद्यार्थीको खोजी जारी।
  • प्रहरीद्वारा शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान सुरु।

हेलसिन्कीस्थित क्रुनुभुओरेनरान्तास्थित समुद्रमा बिहीबार साँझ एक बेवारिसे शव फेला परेको छ। फिनल्यान्डको सीमा सुरक्षा बलका गोताखोरले साँझपख उक्त शव समुद्रबाट बाहिर निकालेका हुन्।

फिनल्यान्डमा अपराध अनुसन्धान गर्ने उच्च निकाय KRP ले गत मे महिनादेखि हराइरहेका १८ वर्षीय भारतीय विद्यार्थी मनिदिप रेड्डी गुज्जाको सोही क्षेत्रमा खोजी गरिरहेको थियो।

उक्त खोजी कार्यमा हेलसिन्की प्रहरी र फिनल्यान्डको खाडी तटरक्षक बलले पनि सहयोग गरेका थिए।

फेला परेको शवको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउन र मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको छ।

बेपत्ता भएका ती भारतीय विद्यार्थी लाह्तीमा अध्ययनरत थिए। उनी मे ५ तारिखका दिन क्रुनुभुओरेनरान्ताको के-मार्केटमा देखिएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उनी मे ५ को साँझ ५ बजेतिर Z ट्रेन चढेर हेलसिन्की आएका थिए। हालसम्म गुज्जाको बेपत्ता प्रकरणमा कुनै आपराधिक गतिविधिको आशंका गरिएको छैन।

यो पनि पढ्नुहोस्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप