विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की कोन्तुला मेट्रो स्टेशन बाहिर बर्बर घटनाः ८० वर्षे वृद्धाको चक्कु प्रहार गरी हत्या 

पूर्वी हेलसिन्कीस्थित कोन्तुला मेट्रो स्टेशन बाहिर एक ८० वर्षीया वृद्धाको चक्कु प्रहार गरी हत्या भएको छ।

प्रहरीले घटनास्थलबाट भागिरहेका ५० वर्षभन्दा माथिका एक शंकास्पद पुरुषलाई नियन्त्रणमा लिएका छन्।

घटना कोन्तुलाको कोन्तुलानकारी सडकको सार्वजनिक स्थानमा आज दिउँसो ११:२५ बजे भएको हो।

सडकमा हिंसात्मक आक्रमण भएलगत्तै घटनास्थलमा खटिएका स्वास्थ्यकर्मीहरूले हेलसिन्की प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक र आक्रमणकारीबीच पहिले कुनै चिनजान थिएन।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

शंकास्पद व्यक्तिले दिउँसै व्यस्त सडकको बीचमा वृद्धामाथि अचानक घातक प्रहार गरेका हुन्।

घटनाको वास्तविक कारण पत्ता लगाउन थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कोन्तुला पूर्वी हेलसिन्कीको एक व्यस्त आवासीय र व्यावसायिक क्षेत्र हो, जहाँ सब-वे (मेट्रो) स्टेशन र बजार रहेका छन्।

कोन्तुला क्षेत्रमा नेपालीहरूको समेत बाक्लो बसोबास छ।

फिनल्यान्ड विश्वकै सुरक्षित देशहरूमध्ये एक मानिए पनि सार्वजनिक स्थानमा दिउँसै अपरिचित व्यक्तिबाट भएको यस्तो हिंसात्मक घटनाले स्थानीय बासिन्दाहरूमा सुरक्षा चासो र चिन्ता बढाएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप