0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    कालो शुक्रबारः डुबेर मृत्यु हुनेको रोकथाम दिवसकै दिन फिनल्यान्डमा डुबेर ६ जनाको मृत्यु

    कालायोकीमा डुबेका तीन युवाले डुब्नु अघि अङ्ग्रेजीमा 'हेल्प!...हेल्प!' भनेर चिच्याएका थिए।

    जुन दिन विश्वभर डुबेर मृत्यु हुने घटनालाई रोक्न जनचेतना फैलाइँदै थियो, त्यही दिन फिनल्यान्डका लागि दुखद र निराशाजनक रह्यो।

    हिजो शुक्रवार विश्व डुबेर मृत्यु हुनेको रोकथाम दिवस (World Drowning Prevention Day) कै दिन फिनल्यान्डका विभिन्न स्थानमा पानीमा डुबेर कम्तिमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना १८ वर्ष मुनिका छन्। कालायोकीमा एक किशोर अझै हराइरहेका छन्। उद्दारकर्मीका अनुसार उनी जीवित भेटिने आशा न्यून छ।

    कहाँ के भयो?

    हिजो बिहान लाहतीको पायुलाहती समुद्र तटमा करिब १० वर्षीय बालकको डुबेर मृत्यु भयो भने एस्पोको किभेनलाहती समुद्र तटमा करिब २० वर्षीय युवकले पनि डुबेर ज्यान गुमाए। प्रत्यक्षदर्शीका अनुसार उनले पौडी खेल्ने ‘डक’ बाट पानीमा डाइभ हानेका थिए, तर फेरी उत्रेर फर्केनन्।

    सामाजिक सञ्जालमा एक प्रत्यक्षदर्शीले जनाए अनुसार लाहतीमा डुबेर मृत्यु हुने बालक विदेशी मूलका थिए। सरकारी अधिकारीहरूले भने डुबेर मृत्यु हुने कसैको पनि व्यक्तिगत परिचय खुलाएका छैनन्।

    त्यसै गरी पाल्कानेको इसो-वेकुना टापु नजिक पौडी खेल्न गएका एक वृद्धा महिला र ह्युरिन्साल्मीको भोन्का समुद्र तटमा एक वृद्ध पुरुषको डुबेर मृत्यु भएको थियो।

    उता कालायोकीमा समुन्द्र किनारामा बल खेलिरहेका तीन युवक एक्कासी डुबेका थिए। उनीहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ।

    व्यापक खोजी पछि दुई युवकलाई पानीमा मृत अवस्थामा भेटाइएको थियो। हराएका तेस्रो नाबालिगको खोजी कार्य शुक्रवार राति स्थगित गरी शनिवार पुनः सुरु गरिएको छ।

    उनीहरूलाई बचाउन प्रयास गरेकी एक किशोरीले स्थानीय मिडियालाई बताए अनुसार डुब्न लागेपछि उनीहरूले अङ्ग्रेजीमा ‘हेल्प!…हेल्प!’ भनेर चिच्याएका थिए। दुई साथीलाई समुन्द्रले लगेपछि बचाउने प्रयासमा तेस्रो साथी पौडेका थिए, तर उनी पनि फर्केनन्।

    फिनल्यान्डमा अचानक बढेको गर्मीका कारण ठुलो सङ्ख्यामा मानिसहरू ताल तथा समुद्र तटहरूमा जाने क्रम बढेको छ, र हरेक दिन दुर्घटनामा समाचारहरू आइरहेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप