विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको केम्पेलेमा दुखद घटना: पौडी खेल्ने क्रममा एक नाबालिगको डुबेर मृत्यु

शनिबार दिउँसो केम्पेलेको पौडी खेल्ने ठाउँमा पानीमा डुबेर १५ वर्षमुनिका एक नाबालिगको मृत्यु भएको हो।

संक्षेपमा


  • १५ वर्षमुनिका नाबालिगको पानीमा डुबेर मृत्यु।
  • सात मिटर गहिराइबाट निकालिए पनि बचाउन असफल।
  • पीडित परिवारलाई मनोवैज्ञानिक सहयोग।

फिनल्यान्डको केम्पेलेस्थित एक पौडी खेल्ने ठाउँमा डुबेर एक नाबालिगको मृत्यु भएको छ। आज शनिबार दिउँसो १ बजेतिर पानीमा डुबेका ती नाबालिग १५ वर्षभन्दा कम उमेरका हुन्। उनी बालुवा खनेर बनेको खाडलमा पानी जमेर बनेको पोखरीमा पौडी खेल्न गएका थिए।

फिनल्यान्डमा यस्ता पोखरीहरू गर्मीयाममा पौडी खेल्न निकै लोकप्रिय छन्।

स्थानीय प्रहरीका अनुसार घटना शनिबार दिउँसो भएको हो। उद्धार विभागले गोताखोरको मद्दतमा ती नाबालिगलाई पानीबाट बाहिर निकालेको थियो।

उद्धार विभागले बालकलाई सात मिटर गहिराइबाट निकालिएको जनाएको छ। पानीबाट निकाले लगत्तै उनलाई बचाउन सीपीआर दिइए पनि उनलाई बचाउने प्रयास सफल भएन।

घटनास्थलमा उद्धार र स्वास्थ्यकर्मीका धेरै टोलीहरु परिचालन गरिएका थिए। अहिले उद्धार कार्य पूर्ण रुपमा सकिएको अधिकारीहरुले बताएका छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

दुखद घटनापछि मृतकका आफन्तलाई आवश्यक मनोवैज्ञानिक सहयोग (kriisiapu) दिन सुरु गरिएको स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।

केम्पेले फिनल्यान्डको औलु सहर नजिकै पर्ने एउटा नगरपालिका हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप