0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको संसद भवनमा आत्महत्या गर्ने सांसद एसडीपी पार्टीका, थिए जम्मा ३० वर्षका

    युवा राजनीतिज्ञ इमेली पेल्तोनेनको असामयिक निधनले फिनल्यान्डको राजनीतिमा शोक छाएको छ।

    .संक्षेपमा.


    • सांसद इमेली पेल्तोनेनको ३० वर्षको अल्पायुमै आत्महत्याका कारण निधन।
    • राजनीतिमा उनको यात्रा निकै सानो उमेरबाट सुरु भएको थियो।
    • उनी स्वास्थ्य समस्याका कारण विगत केही महिनादेखि बिदामा थिए।

    फिनल्यान्डको संसद भवनमा आज बिहान आत्महत्या गर्ने व्यक्ति सोसल डेमोक्र्याटिक पार्टी (SDP) का ३० वर्षीय सांसद इमेली पेल्तोनेन रहेको खुलेको छ।

    पेल्तोनेन पहिलो पटक सन् २०२३ को चुनावमा ५,७४७ मत ल्याएर सांसदमा निर्वाचित भएका थिए। उनी संसदको प्रशासनिक समिति र कानून समितिका सदस्य थिए।

    राजनीतिमा उनको यात्रा निकै सानो उमेरबाट सुरु भएको थियो। उनी १८ वर्षको उमेरमा Järvenpää शहरको नगर परिषद् सदस्यमा चुनिएका थिए।

    केवल २२ वर्षको उमेरमा उनी नगर परिषद्को अध्यक्ष बनेका थिए। Järvenpää को इतिहासमा उनी सबैभन्दा कम उमेरका अध्यक्ष हुन्। उनले हेलसिन्की विश्वविद्यालयबाट सन् २०२० मा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए।

    पेल्तोनेन गत जुन महिनादेखि स्वास्थ्य समस्याका कारण बिरामी बिदामा थिए। उनले सामाजिक सञ्जालमार्फत आफूलाई मिर्गौलामा समस्या देखिएको र पछि उपचारका क्रममा ब्याक्टेरियाको संक्रमण भएको जानकारी दिएका थिए।

    गत हप्ता मात्र उनले एक स्थानीय पत्रिकालाई आफू अझै केही समय बिदामा रहने बताएका थिए। हेलसिन्की प्रहरीले उनको निधनको खबर परिवारलाई दिइसकेको पुष्टि गरेको छ।

    पेल्तोनेन एक सार्वजनिक व्यक्तित्व भएको र घटना संसद भवन जस्तो महत्त्वपूर्ण स्थानमा घटेकाले उनको नाम सार्वजनिक गरिएको फिनल्यान्डका स्थानीय संचार माध्यमहरूले जनाएका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप