फिनल्यान्डमा यसै साताको अन्त्यदेखि मौसममा परिवर्तन भई गर्मी अत्यधिक बढ्ने भएको छ।
फिनिस मौसम विज्ञान विभागका अनुसार केही भागमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।
मौसम विभागका मौसमविद् एरो हाल्लाभोका अनुसार फिनल्यान्डमा तातो मौसमको नयाँ श्रृंखला सुरु हुन लागेको हो।
बिहीबारदेखि नै धेरैजसो घमाइलो भागहरूमा तापक्रम २० देखि २३ डिग्री सेल्सियससम्म पुग्न थाल्नेछ।
शनिबारसम्ममा झन्डै सबैजसो भूभागमा गर्मीले उच्च रूप लिने अनुमान गरिएको छ।
विशेष गरी आइतबार दक्षिणी क्षेत्रमा अत्यधिक गर्मी हुने र तापक्रम २८ डिग्रीसम्म पुग्ने देखिएको छ।
यद्यपि, यो गर्मीसँगै मौसम पूर्ण रूपमा सुक्खा भने रहने छैन।
मौसम थोरै अस्थिर रहने र गर्मीकै बिच शनिबार राजधानी हेलसिन्की क्षेत्रमा वर्षा र चट्याङ पर्न सक्नेछ।
यो अस्थिर मौसम आगामी सोमबारसम्म जारी रहे पनि त्यसपछि भने मौसम व्यापक रूपमा न्यानो र घमाइलो हुनेछ।








