विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

पक्षघात भएकी महिलामाथि बलात्कार गर्ने इराकी शरणार्थीलाई फिनल्यान्डमा साढे तीन वर्ष जेल

अभियुक्तले भने महिला आफैंले शारीरिक सम्पर्क राख्न चाहेको र नाङ्गै ढोका खोल्न आएको दाबी गरेका थिए।

संक्षेपमा


  • इराकी शरणार्थी फहादलाई साढे ३ वर्षको जेल सजाय।
  • भान्तामा सहयोगीको रुपमा काम गर्दा महिलाको बलात्कार।
  • पूर्व प्रधानमन्त्री युहा सिपिलालाई उमेर ढाँटेको पृष्ठभूमि।

फिनल्यान्डको भान्ता सहरमा एक पक्षघात अर्थात् प्यारालाइसिस भएकी महिलालाई बलात्कार गरेको अभियोगमा एक इराकी शरणार्थीलाई जेल सजाय सुनाइएको छ। फहाद फिरास अद्दे अल-नुआइमी नाम गरेका ती व्यक्तिले सन् २०२२ मा केयर असिस्टेन्ट (सहयोगी) को रूपमा काम गर्दा उक्त अपराध गरेका हुन्।

सुरुमा जिल्ला अदालतले उनलाई तीन वर्षको जेल सजाय तोकेको थियो। तर त्यसविरुद्ध दोषीले पुनरावेदन अदालतमा उजुरी दिएका थिए। पुनरावेदन अदालतले यही जुन २९ मा सजायलाई थप छ महिनाले बढाइदिएको हो।

अदालतले पीडितको स्वास्थ्य अवस्था र अपराधको प्रकृतिलाई हेर्दा उक्त काम अत्यन्तै क्रुर र अपमानजनक भएको ठहर गरेको छ। अल-नुआइमीले उनको घरमा काम सुरु गरेको केही दिनमै ती महिलामाथि बलात्कार गरेका थिए।

अभियुक्तले भने महिला आफैंले शारीरिक सम्पर्क राख्न चाहेको र नाङ्गै ढोका खोल्न आएको दाबी गरेका थिए। तर महिलाको शारीरिक अवस्थाका कारण अदालतले उनको बयानलाई झुटो र अवास्तविक मान्यो।

इल्ता-सानोमात पत्रिकाका अनुसार अल-नुआइमी सन् २०१५ मा पनि चर्चामा आएका व्यक्ति हुन्। त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री युहा सिपिलालाई भेटेका थिए र आफ्नो उमेर ढाँटेका थिए

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

शरणार्थीको रूपमा फिनल्यान्ड प्रवेश गर्दा १९ वर्षका भए पनि उनले आफूलाई नाबालक अर्थात् १८ वर्ष नपुगेको बताएका थिए। नाबालक शरणार्थीले आवास र अन्य सुविधाहरू सहजै पाउने भएकाले उनले झुटो बोलेका थिए।

सन् २०१५ को आप्रवासी संकटका बेला ठूलो संख्यामा इराकी र अन्य देशका शरणार्थीहरू फिनल्यान्ड प्रवेश गरेका थिए।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप