संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा बस्नेहरू डिजिटल ठगीको निशानामा: एक वर्षमै ठगले लगे ७० मिलियन युरो

सन् २०२५ मा फिनल्यान्डमा १४ करोड ८० लाख युरो ठगीको प्रयास भए पनि बैंकहरूको सतर्कताले ठूलो रकम जोगिन सफल भयो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • १४ करोड ८० लाख युरो ठगीको प्रयास, ७ करोड २५ लाख खुद ठगी।
  • एआईको प्रयोगले ठगीका घटना र रोकथाम दुवैमा तीव्रता।
  • ‘सुरक्षा खाता’ को नाममा आउने फोन कल पूर्णतः झुटो रहेको विज्ञको जानकारी।

सन् २०२५ मा अपराधीहरूले फिनल्यान्डका बासिन्दाहरूबाट कुल १४ करोड ८० लाख युरो ठगी गर्ने प्रयास गरेको पाइएको छ।

यद्यपि बैंकहरूले यसमध्ये करिब ७ करोड ५५ लाख युरो भने रोक्न वा फिर्ता ल्याउन सफल भएको फाइनान्स फिनल्यान्डले जनाएको छ।

बैंकहरूको प्रयासका बाबजुद ७ करोड २५ लाख युरो भने अपराधीहरूको हातमा पुग्यो। अघिल्लो वर्ष अपराधीहरूले ६ करोड २९ लाख युरो हात पारेका थिए।

फाइनान्स फिनल्यान्डका ठगी तथा अपराध नियन्त्रण निर्देशक निको साक्सहोल्मले आधाभन्दा बढी रकम जोगिए पनि गुमेको रकमको मात्रा डरलाग्दो भएको बताए।

विज्ञापन

उनका अनुसार प्रविधि ठगी नियन्त्रणमा मित्र र शत्रु दुवै बनेको छ। एआईको मद्दतले अपराधीहरूले विश्वसनीय नक्कली प्रोफाइल र फिनिस भाषामा स्तरीय सन्देशहरू बनाउन सक्ने भएका छन्।

अर्कोतर्फ एआईले बैंक र अधिकारीहरूलाई मानिसको आँखाभन्दा छिटो ठगी पत्ता लगाउन मद्दत पनि गरेको साक्सहोल्मले उल्लेख गरे।

के मा हुन्छ धेरै ठगी?

फाइनान्स फिनल्यान्डका अनुसार सबैभन्दा बढी ५ करोड ३१ लाख युरो ‘फिसिङ’ वा तथ्यांक चोरीमार्फत ठगी गर्ने प्रयास भयो। बैंकहरूले यीमध्ये ३ करोड १२ लाख युरो जोगाउन सफल भए।

सन् २०२५ मा करिब १७ हजार मानिस तथ्यांक चोरीको निसानामा परेका थिए। तीमध्ये करिब १३ हजार जनाको रकम भने बैंकहरुले जोगाउन सफल भएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

ठगीका ६० प्रतिशत घटनामा ग्राहक आफैले अपराधीलाई पैसा पठाएको पाइएको छ, जुन अघिल्ला वर्षहरूभन्दा बढी हो।

यस्ता केसमा बैंकको पासवर्ड चोरी हुनुभन्दा पनि ग्राहकलाई झुक्याएर पैसा सार्न लगाइएको थियो।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

नयाँ प्रकारको ‘सुरक्षा खाता’ अर्थात् Turvatili ठगीमार्फत मानिसहरूको ३ करोड ८४ लाख युरो चोरी भएको छ। यद्यपि बैंकहरूले यसमध्ये २ करोड ३८ लाख युरो जोगाउन सके।

यस्ता ठगीमा अपराधीहरूले बैंकको कर्मचारी भन्दै फोन गर्छन् र खाताबाट ठूलो रकम बाहिरिन लागेको भन्दै धम्काउँछन्। त्यसपछि ग्राहकलाई आफ्नो विवरण दिन र ‘सुरक्षा खाता’ मा पैसा सार्न दबाब दिन्छन्।

सुरक्षा खाता भन्ने कुरा अस्तित्वमा नरहेको र यो पूर्णतः झुटो भएको फाइनान्स फिनल्यान्ड बताउँछ।

“बैंकले ग्राहकको अनुमति बिना नै पैसा सुरक्षित गर्न सक्छ। यदि कसैले फोनमा सुरक्षा खाताको कथा सुनाउँछ भने त्यो पक्का ठग हो,” फाइनान्स फिनल्यान्डका साक्सहोल्मले जोड दिए।

प्रहरी र बैंकको तथ्यांकमा केही फरक देखिन्छ। लाजका कारण प्रेम वा लगानीसम्बन्धी ठगीमा परेका धेरैले प्रहरीमा उजुरी नगर्ने हुँदा यस्तो देखिएको हो।

फिनल्यान्डमा बसोबास गर्ने नेपाली लगायतका आप्रवासीहरूले पनि यो विषयमा जानकारी अत्यन्त महत्त्वपूर्ण छ। यहाँका बैंक वा प्रहरीले कहिले पनि फोन वा इमेलमार्फत तपाईंको बैंकको पिन कोड वा पासवर्ड माग्दैनन्।

डिजिटल बैंकिङ अर्थात् Verkkopankki को पहुँच हुनु यहाँको जीवनयापनका लागि अनिवार्य जस्तै छ, त्यसैले आफ्नो व्यक्तिगत विवरणहरू सुरक्षित राख्नुहोला। कुनै शंका लागेमा तुरुन्तै आफ्नो बैंकमा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप