यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- घटनामा कुनै आपराधिक संलग्नताको आशंका छैन।
- कुकुरले जीवित छँदा वा मृत्युपछि टोकेको भन्नेमा अनुसन्धान केन्द्रित।
- घरका अन्य कुकुरहरू सुरक्षित रूपमा थुनिएको अवस्थामा भेटिए।
फिनल्यान्डको सिउन्तियोमा एक करिब ६० वर्षे महिला आफ्नै घरमा मृत फेला परेकी छन्। उनको शरीरमा कुकुरले टोकेका गम्भीर चोटहरू देखिएको लान्सी-उसिमा प्रहरीले बताएको छ।
मृतकका नजिकका एक आफन्तले आपतकालीन केन्द्रमा खबर गरेपछि यो घटना सार्वजनिक भएको हो। प्रहरी टोली घटनास्थल पुग्दा महिलाको शरीरका विभिन्न भागमा कुकुरले टोकेका घाउहरू भेटिएका थिए।
महिलालाई कुकुरले उनी जीवित छँदा टोकेको हो वा मृत्युपश्चात भन्नेबारे प्रहरी अझै स्पष्ट छैन। अहिले अनुसन्धान त्यही प्रश्न वरिपरी घुमिरहेको छ। प्रहरीले महिलाको मृत्यु भएको धेरै समय नभएको अनुमान गरेको छ।
उक्त घरमा धेरै कुकुरहरू पालिएका थिए। तीमध्ये एक मध्यम आकारको कुकुरले महिलालाई टोकेको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ।
अन्य कुकुरहरूलाई भने घरभित्रै निश्चित क्षेत्रमा थुनेर राखिएकाले उनीहरूले आक्रमण गरेको आशंका छैन।
महिलालाई टोकेको कुकुरलाई पनि आफन्तको चाहाना अनुसार मारिएको छ।
प्रहरीका अनुसार घटनामा कुनै आपराधिक क्रियाकलाप आशंका गरिएको छैन। अहिले यसलाई मृत्युको कारण पत्ता लगाउने साधारण अनुसन्धानका रूपमा हेरिएको छ।
फिनल्यान्डमा घरपालुवा कुकुरले मानिसलाई गम्भीर चोट पुर्याएका वा टोकेर मृत्यु भएका घटनाहरू निकै विरलै हुने गर्छन्।
प्रहरीको बुझाइमा कुकुरले मालिकलाई बचाउने प्रयास गर्दा वा के भयो भनेर छटपटाउँदा शवमा चोटपटक पुर्याएको हुन सक्छ।
एक प्रहरी अधिकृतले स्थानीय मिडियालाई बताए अनुसार मालिकले कुनै प्रतिक्रिया नदिँदा कुकुर आत्तिएर त्यसो गरेको पनि हुनसक्छ।
प्रहरीलाई प्राप्त जानकारी अनुसार घरमा भएका सबै कुकुरहरू मृत महिलाकै थिए।
प्रहरीलाई प्राप्त जानकारी अनुसार घरमा भएका सबै कुकुरहरू मृत महिलाकै थिए।
कुकुरहरूले किन मानिस वा आफ्ना मालिकलाई टोकेर मार्छन्?
मानिसका सबैभन्दा असल साथी मानिने कुकुरले पनि मानिसलाई टोकेर ज्यान लिएका घटनाहरू कहिलेकाही भने अन्यत्र पनि हुने गरेका छन्।
सामान्यतयाः तालिमको अभाव, आक्रामक स्वभाव, वा डरको कारणले गर्दा केही कुकुरहरूले घातक आक्रमण गर्न सक्छन्। विशेष गरी पिट बुल जस्ता बलिया प्रजातिका कुकुरहरूबाट हुने आक्रमणहरू बढी गम्भीर हुने गर्छन्।
सन् २०१६ मा जर्नल अफ द अमेरिकन भेटेरिनरी मेडिकल एसोसिएसन मा प्रकाशित एक अध्ययनले कुकुरको टोकाइबाट हुने मृत्युका घटनाहरूमा कुकुरको प्रजाति, मालिकको व्यवहार र वातावरणको भूमिका महत्त्वपूर्ण हुने देखाएको छ।
यस्ता घटनाहरूमा मालिक आफैँ शिकार भएका कैयौँ उदाहरणहरू छन्। सन् २०१८ मा अमेरिकाको भर्जिनियामा बेथानी स्टेफन्स नामकी महिलालाई आफ्नै दुईवटा पिट बुल कुकुरहरूले आक्रमण गरी मारेका थिए। त्यस्तै सन् २०२२ मा अमेरिकाको टेनेसीमा दुईवटा कुकुरले दुई बालबालिकाको ज्यान लिएको र उनीहरूलाई बचाउने क्रममा उनकी आमा पनि गम्भीर घाइते भएकी थिइन्।
कुकुरको आक्रमणबाट बच्नका लागि उनीहरूको व्यवहार बुझ्नु र उचित तालिम दिनु अत्यन्त आवश्यक हुन्छ। धेरैजसो घातक आक्रमणहरू कुकुरलाई उत्तेजित पार्दा वा उनीहरूले आफूलाई असुरक्षित महसुस गर्दा हुने गर्छन्।








