0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा खुल्यो युरोपकै पहिलो लिथियम खानी, यस्तो छ उत्पादन लक्ष्य

    विद्युतीय सवारीसाधनको ब्याट्री उत्पादनमा फिनल्यान्डको यो कदम युरोपकै लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

    संक्षेपमा


    • युरोपकै पहिलो पूर्ण क्षमताको लिथियम खानी फिनल्यान्डमा सुरू।
    • ८० करोड युरो लगानी र ३५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर।
    • वार्षिक ५ लाख विद्युतीय कारलाई पुग्ने ब्याट्री उत्पादन क्षमता।

    फिनल्यान्डको पश्चिमी क्षेत्रमा युरोपमै पहिलो लिथियम उत्खनन परियोजना सुरु भएको छ।

    लामो समयदेखि योजनामा रहेर पनि सुरु हुन नसकेको केलिबर परियोजनाले लिथियम कच्चा पदार्थलाई उत्खनन र प्रशोधन गरि ब्याट्री बनाउन योग्य सामग्रीमा परिणत गर्नेछ।

    लिथियमलाई प्रविधि जगतमा ‘सेतो सुन’ भन्ने गरिन्छ। मोबाइल फोन, ल्यापटप र विशेषगरी विद्युतीय सवारीसाधन (EV) को ब्याट्री बनाउन लिथियमको प्रयोग हुन्छ।

    फिनल्यान्डमा सुरु भएको यो आठ सय मिलियन युरोको परियोजनामा एक दक्षिण अफ्रिकी कम्पनीको ८० प्रतिशत लगानी छ। बाँकी २० प्रतिशत भने सरकारी स्वामित्वको ‘फिनिस मिनरल्स ग्रुप’ सँग रहेको छ।

    केलिबरले यो हप्ता आफ्नो पहिलो खानी सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले नजिकैका गाउँहरूमा थप ६ वटा खानी खोल्ने र करिब ३५० जनालाई रोजगारी दिने योजना बनाएको छ।

    केलिबरको खानीबाट निकालिएको कच्चा पदार्थ नजिकैको कोक्कोला सहरमा बन्दै गरेको प्रशोधन केन्द्रमा लगिनेछ। सन् २०२६ मा सञ्चालनमा आउने यो केन्द्रले पूर्ण क्षमतामा चल्दा वार्षिक ५ लाख विद्युतीय कारको ब्याट्रीलाई पुग्ने सामग्री उत्पादन गर्नेछ।

    योजना पुरानै भएपनि यो योजनाको काम सुरु हुन २५ वर्ष लागेको हो। बारम्बारको आर्थिक अभावले रोकिएको काम सन् २०२२ मा दक्षिण अफ्रिकी कम्पनीले स्वामित्व लिएपछि मात्र अघि बढेको थियो।

    कम्पनीका कार्यकारी अधिकृत हान्नु हाउतालाका अनुसार युरोपभित्रै लिथियम उत्पादन हुँदा आपूर्ति शृंखला छोटो र सहज हुनेछ।

    हाल लिथियमका लागि अस्ट्रेलिया र दक्षिण अमेरिकाबाट एसियाली प्रशोधन केन्द्रसम्म लामो यात्रा तय गर्नुपर्ने बाध्यता छ।

    फिनल्यान्डको राष्ट्रिय प्रशारण संस्था Yle सँग कुरा गर्दै हाउतालाले युरोपमा पहिलो हुनु नै ठूलो प्रतिस्पर्धात्मक लाभ भएको बताए।

    पोर्चुगलसँग लिथियमको ठूलो भण्डार भए पनि त्यहाँ प्रशोधन केन्द्र छैनन् र सर्बियाले विरोधका कारण परियोजना रोकेको छ।

    युरोपेली युनियन (EU) ले लिथियमलाई ‘अत्यावश्यक कच्चा पदार्थ’ को सूचीमा राखेको छ। सन् २०३० सम्ममा आफ्नो कुल मागको कम्तीमा १० प्रतिशत युरोपभित्रै उत्खनन गर्ने इयूको लक्ष्य छ।

    फिनल्यान्डको यो परियोजनाले युरोपलाई चीनको ब्याट्री बजारमाथिको निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप