विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

जुलाई १८ मा एनआरएनए फिनल्यान्डको ‘किड्स फुटबल’: उच्च मागपछि उमेर समूह विस्तार

फिनल्यान्डमा रहेका नेपाली बालबालिकाहरूको तेस्रो संस्करणको फुटबल प्रतियोगितामा अब १५ वर्षसम्मका किशोरकिशोरीले पनि खेल्न पाउने भएका छन्।

संक्षेपमा


  • अत्यधिक मागपछि १४ र १५ वर्षका लागि पनि प्रतियोगिता खुला।
  • आगामी जुलाई १८ मा हेलसिन्कीको पुओतिलास्थित खेलमैदानमा खेल हुने।
  • सहभागी हुन कम्तीमा एक अभिभावक नेपाली मूलको हुनुपर्ने।

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डले आयोजना गर्ने ‘बालबालिका फुटबल’ को तेस्रो संस्करणमा उमेर समूह विस्तार गरिएको छ। अत्यधिक माग आएपछि अब १४ र १५ वर्षका किशोरकिशोरीले पनि यस प्रतियोगितामा भाग लिन पाउने भएका हुन्।

यो प्रतियोगिता आगामी जुलाई १८ शनिबारका दिन आयोजना हुँदैछ। खेल हेलसिन्कीको पुओतिलास्थित पुओतिलान तेकोनुर्मी मैदानमा हुनेछ।

एनआरएनए फिनल्यान्डका उपाध्यक्ष तारा प्रसाद सापकोटाले नेपालीलाइनेनलाई बताए अनुसार यसअघि ५ देखि १३ वर्षसम्मका लागि मात्र दर्ता खुला गरिएको थियो। तर माग उच्च भएपछि उमेर समुह थप विस्तार गरिएको हो।

नयाँ निर्णयपछि ५-७, ८-१०, ११-१३ र १४-१५ वर्ष गरी चारवटा उमेर समूहमा टोली विभाजन गरिनेछ।

प्रतियोगितामा बालक र बालिका दुवैले भाग लिन पाउनेछन्। सहभागीहरूले आफ्नै साथीहरूसँग मिलेर टिम बनाउन सक्नेछन् भने टिम नहुनेलाई आयोजकले नै उमेरअनुसार मिलाइदिनेछन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो खेलमा सहभागी हुन कम्तीमा एक अभिभावक नेपाली मूलको हुनुपर्ने नियम राखिएको छ। सहभागिता शुल्क प्रति बालबालिका १० युरो तोकिएको छ भने एनआरएनए सदस्यका सन्तानका लागि ५ युरो मात्र लाग्नेछ।

सहभागिता जनाउन इच्छुकले यो फारम भर्नु पर्नेछ

एनआरएनए फिनल्यान्डले प्रवासमा हुर्किरहेका नेपाली बालबालिकाहरूलाई एकताबद्ध गर्न यस्ता खेलकुद कार्यक्रमहरू गर्दै आएको छ। यस्ता जमघटले फिनल्यान्डमा रहेका नेपाली समुदायबीच आपसी भाइचारा बढाउनुका साथै बालबालिकालाई खेलकुद मार्फत आफ्नो समुदायसँग जोडिन मद्दत गर्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप