संक्षेपमा
- फिनल्यान्डका रमणीय दृश्यहरूमा म्युजिक भिडियोको छायाङ्कन।
- मुरारी भण्डारीद्वारा निर्देशित पहिलो सांगीतिक भिडियो।
- स्वभिमान सुवेदी र मोडल बिकिता कँडेलको अभिनय।
फिनल्यान्डमा छायाङ्कन गरिएको नेपाली म्युजिक भिडियो ‘देउरालीको चौतारी’ सार्वजनिक भएको छ। आज शुक्रबार साँझ ५ बजे गायक राजिन भण्डारीको युट्युब च्यानलमार्फत उक्त भिडियो दर्शकमाझ ल्याइएको हो।
गीतमा हाल पोर्चुगलमा रहेका गायक राजिन भण्डारी तथा गायीका रुपी सिजांली मगरले स्वर दिएका छन्। भिडियोको निर्देशन भने मुरारी भण्डारीले गरेका हुन्।
विदेशमा रहेर पनि नयाँ क्षेत्रमा काम गर्ने अवसर मिलेको भन्दै निर्देशक भण्डारीले खुसी व्यक्त गरे। यो आफ्नो पहिलो निर्देशकीय अनुभव रहेको उनले बताए।
भिडियोमा राम केसीले क्यामेरा चलाएका छन्। केसीले नेपालमा लामो समय भिडियोग्राफी/सिनेमाटोग्राफी गरेको अनुभव संगालेका छन्। खेम सेन्चुरी लगायतका चर्चित कलाकारहरूसँग काम गरेका केसीले खिचेका भिडियोहरु युट्युवमा दसौँ लाख पटक हेरिएका छन्।
भिडियोमा स्वभिमान सुवेदी र पहिलो पटक मोडलिङमा डेब्यु गरेकी बिकिता कँडेलले अभिनय गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटलले गरेको हो।
पछिल्लो समय युरोपका विभिन्न देशहरूमा बस्ने नेपालीहरूले यतैका रमणीय स्थानहरूमा म्युजिक भिडियो र छोटा चलचित्र छायाङ्कन गर्ने क्रम बढेको छ। फिनल्यान्डको सुन्दर प्राकृतिक वातावरण र शान्त परिवेशले गर्दा यहाँ पनि नेपाली सर्जकहरूले आफ्ना कलाकृतिहरू निर्माण गर्न थालेका छन्।
यस्ता सिर्जनाहरूले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संगीत र संस्कृतिसँग जोडिरहनुका साथै स्थानीय प्रतिभाहरूलाई पनि नयाँ अवसर प्रदान गर्ने गरेका छन्।
हेर्नुहोस् भिडियोः








