संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको सबैभन्दा ठुलो फिल्म फेस्टिभलमा नेपाली चलचित्र छनौट, हुनेछन् तीन विशेष ‘शो’

फिनल्यान्डको प्रसिद्ध चलचित्र महोत्सव हेलसिन्की अन्तराष्ट्रिय फिल्म फेस्टिभल ‘लभ एन्ड एनार्की’ मा कान्समा जुरी पुरस्कार जितको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ प्रदर्शन हुन लागेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डको प्रसिद्ध अन्तराष्ट्रिय फिल्म महोत्सव ‘लभ एन्ड एनार्की’ मा नेपाली फिल्म छनौट।
  • कान्समा जुरी पुरस्कार विजेता फिल्मको टिकट सेप्टेम्बर ४ देखि बिक्रीमा।
  • नेपालको किन्नार समुदायको कथामा बनेको अन्तर्राष्ट्रिय सह-उत्पादन।

फिनल्यान्डको सबैभन्दा ठुलो चलचित्र महोत्सव हेलसिन्की अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘लभ एन्ड एनार्की’ मा नेपाली चलचित्र एलिफेन्ट्स इन द फग (नेपाली नाम: तिनीहरू) प्रदर्शन हुने भएको छ।

कान्स फिल्म महोत्सवमा प्रतिष्ठित जुरी पुरस्कार जित्न सफल यो चलचित्र सेप्टेम्बर महिनामा हेलसिन्कीमा देखाइनेछ।

अविनाश विक्रम शाहको निर्देशनमा बनेको यो थ्रिलर चलचित्रले नेपाली किन्नर अर्थात् हिजडा समुदायको कथा र सङ्घर्षलाई प्रस्तुत गरेको छ। चलचित्रमा समुदायकी अगुवा पिरतीले एक हराएकी महिलाको खोजी गर्दा भोग्नुपरेको दायित्व र द्वन्द्व देखाइएको छ।

निर्देशक अविनाश विक्रम शाहको यो पहिलो फिचर चलचित्र हो। निर्माण हुनुअघि नै यो परियोजना एसियाली प्रोजेक्ट मार्केट, ह्युबर्ट बाल्स फन्ड र सन्डान्स स्क्रिनराइटर्स ल्याबजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा चयन भई पुरस्कृत भएको थियो।

शाह कालो पोथी, शाम्बाला, हाइवे जस्ता चर्चित नेपाली चलचित्रका लेखक समेत हुन्।

नेपालीलाइनेनबाट थप
विनाशकारी रसुवा बाढी र विपद् पछि अब के गर्ने? दीर्घकालीन सुरक्षाका लागि अब के-कस्ता कदम चाल्न आवश्यक छ? फिनल्यान्डको Aalto University मा बाढी व्यवस्थापन अनुसन्धानकर्ता रहेका अनुप श्रेष्ठसँग नेपालीलाइनेनको विशेष कुराकानी।
विज्ञापन सकियो

हेलसिन्कीमा यो चलचित्र सेप्टेम्बर २२ मा किनो पालात्सी २, सेप्टेम्बर २३ मा किनो रेगिना र सेप्टेम्बर २७ मा किनो एंगेल २ मा प्रदर्शन हुनेछ।

यस्तो छ सो सेड्युल।

टिकट सेप्टेम्बर ४ को दिउँसो १ बजेदेखि उपलब्ध हुनेछ। सबै सोको लागि टिकटको मूल्य १४ युरो तोकिएको छ।

सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको यो चलचित्रले आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेशन’ पाएको थियो। यसबाहेक यो चलचित्र ‘क्यामेरा डी ओआर’ र ‘क्वीर पाम’ पुरस्कारका लागि पनि मनोनीत भएको थियो।

चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, यास्मिन विश्वकर्मा, आलिज घिमिरे र दुरा सञ्जय कुमार गुप्ताको मुख्य भूमिका छ। यो नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको संयुक्त निर्माणमा बनेको चलचित्र हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सन् १९८८ देखि सुरु भएको हेलसिन्की इन्टरनेसनल फिल्म फेस्टिभल – लभ एन्ड एनार्की (फिनिस: Rakkautta & Anarkiaa) फिनल्यान्डको सबैभन्दा ठुलो गैर-प्रतिस्पर्धी चलचित्र महोत्सव हो। यो महोत्सव हरेक वर्ष सेप्टेम्बर महिनामा हेलसिन्की र अन्य सहरहरूमा आयोजना हुने गर्छ।

फेस्टिभल र उक्त चलचित्रका बारे थप जानकारी चाहिए यहाँ उपलब्ध छ

हेर्नुहोस् ट्रेलरः

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप