📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goयो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.90 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- अगस्ट २५ को बाढीपछि डा. प्रियंका चौधरी बेपत्ता।
- नेपाल-चीन सिमानाको होटलमा बसेको पछिल्लो जानकारी।
- परिवारद्वारा खोजीका लागि सरकारसँग अपिल।
नेपालमा अगस्ट २५ मा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकी फिनिस नागरिक भारतीय मूलकी डाक्टर रहेको पुष्टि भएको छ।
भारतीय मिडियाका अनुसार उनी फिनल्यान्डमा कार्यरत डा. प्रियंका चौधरी हुन्। करिब एक दशकदेखि फिनल्यान्डमा बस्दै आएकी ३९ वर्षीया उनी भारतको छत्तीसगढ भिवानीस्थित बडसी गाउँकी हुन्।
भारतीय मिडिया द प्रिन्टका अनुसार प्रियंकाले भारतको छत्तीसगढमै विद्यालय शिक्षा र बीडीएस पूरा गरेकी थिइन्। त्यसपछि उनी मास्टर्स तहको अध्ययनका लागि बेलायत गएकी थिइन्। पीएचडीका लागि फिनल्यान्ड आएकी उनले पछि स्थानीय इन्जिनियरसँग विवाह गरेर यतै ‘सेटल’ भएकी थिइन्।
उनी फिनल्यान्डको एक विश्वविद्यालयमा पोस्ट-डक्टरल अनुसन्धानकर्ता र लेक्चररको रुपमा समेत काम गर्थिन्।
अगस्ट १३ मा उनी डाक्टरहरु र उनीहरूका परिवार सम्मिलित ७० जनाभन्दा धेरैको समूहसँग नेपाल भ्रमणमा गएकी थिइन्। सद्गुरु जग्गी बासुदेवले चलाएको इसा फाउन्डेसनको कैलाश मानसरोवर यात्रामा उनी सहभागी भएकी थिइन्।
उनको अन्तिम पटक अगस्ट २५ को बिहान बाढी आउनुभन्दा केही समय अगाडी मात्र आमासँग भिडियो कलमा कुराकानी भएको थियो। चौधरी परिवारका लागि त्यही कुराकानी अहिले पीडादायी सम्झनामा परिणत भएको छ।
“अगस्ट २५ बिहान करिब ९ बजे उनको आमासँग कुरा भएको थियो। उनले आफू अध्यागमन केन्द्रमा रहेको र पछि कुरा गर्ने बताएकी थिइन्। बिहान ९ः१४ बजे नै त्यो दुःखद घटना भयो। घटनाबारे अनभिज्ञ हामी उनको फोनको प्रतीक्षा गरिरह्यौँ। तर पछि सञ्चारमाध्यममा आएका समाचारले हामीलाई स्तब्ध बनायो। हामीले उनलाई फोन गर्ने प्रयास गर्यौँ, तर सम्पर्क हुन सकेन,” उनका दाजु रमेश चौधरीले पीटीआईलाई बताएका छन्।
कुराकानीका क्रममा उनले भ्रमण राम्रो भइरहेको र आफू नेपाल-चीन सिमाना नजिकैको होटलमा बसेको बताएकी थिइन्। त्यो दिनको भोलिपल्ट भारत फर्किन उनको टिकटसमेत निश्चित भइसकेको थियो।
तर कुराकानी भएको एक घण्टापछि नै उनको फोन सम्पर्कविहीन भयो। त्यसयता उनीसँग कुनै सम्पर्क हुन सकेको छैन।
घटनाको अघिल्लो रात पनि परिवारले प्रियंकासँग करिब एक घण्टा लामो कुराकानी गरेको थियो। त्यो बेला उनले कैलाश मानसरोवर यात्राका अनुभव उत्साहपूर्वक परिवारलाई सुनाएकी थिइन्।
भारतीय मिडियाका अनुसार भारतमा रहेको प्रियंकाको परिवार फिनल्यान्डमा रहेका उनका पतिसँग निरन्तर सम्पर्कमा रहेको छ। साथै परिवारले छत्तीसगढका मुख्यमन्त्रीको कार्यालयमा पनि सम्पर्क गरी सम्बन्धित अधिकारीहरूले मागेका कागजात उपलब्ध गराएको छ।
परिवार नेपालका अधिकारीहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको जनाइएको छ।
उनकी आमा मधु चौधरीले भारतीय मिडियालाई बताए अनुसार उनी रक्षाबन्धनमा घर फर्किन निकै उत्साहित थिइन्। उनका भाइ तरुण दिदीको व्यग्र प्रतीक्षामा थिए।
मानसरोवर यात्रामा रहेको उनीहरुको टोली दुई समूहमा बाँडिएका थिए। पहिलो समुह त्यहाँबाट केही समय पहिले नै निस्केको थियो भने प्रियंकाको समूह अवस्था बिग्रिँदै गर्दा त्यहीँ रोकिएको परिवारको भनाइ छ।
फिनल्यान्डमा आफ्ना श्रीमान्सँग बस्दै आए पनि उनले आफ्नो गाउँसँग नजिकको सम्बन्ध राख्दै आएकी थिइन्।
घटना हुँदा उनीहरू कैलाश मानसरोवरको तिर्थयात्रा पुरा गरेर फर्कदै थिए। टाइम्स अफ इन्डियाले उनले कैलाश पर्वतलाई पछाडी राखेर खिचेको फोटो समेत प्रकाशित गरेको छ।
फिनल्यान्डमा आफ्ना श्रीमान्सँग बस्दै आए पनि उनले आफ्नो गाउँसँग नजिकको सम्बन्ध राख्दै आएकी थिइन्।
कस्तो यात्रा हो कैलाश मानसरोवर यात्रा, को जान्छन्?
कैलाश मानसरोवर यात्रा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने पवित्र हिमाल कैलाश पर्वत र मानसरोवर तालको एक धार्मिक यात्रा हो। यसलाई अत्यन्तै ठुलो आध्यात्मिक महत्त्वको यात्रा मानिन्छ।
हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरू सबैका लागि यसको ठूलो धार्मिक र आध्यात्मिक महत्त्व छ। यो यात्रामा निकै अप्ठ्यारो बाटो, अग्लो उचाइ र डरलाग्दो चिसो मौसम पार गर्नुपर्छ। त्यसैकारण यो संसारकै सबैभन्दा कठिन यात्रामध्ये एक मानिन्छ।
बाटोमा यति धेरै दुःख र कष्ट भए पनि हरेक वर्ष हजारौँ विदेशी पर्यटक तथा तीर्थयात्रीहरू नेपालको बाटो हुँदै यो यात्रामा जाने गर्छन्। यो यात्रा पूरा गर्नाले मानिसका पापहरू पखालिन्छन् र मोक्ष (मुक्ति) पाइन्छ भन्ने जनविश्वास रहेको छ।
इसा फाउन्डेसनले यो यात्रामा थुप्रै पर्यटकहरू लैजाने गरेको छ। काठमाडौँबाट सुरु हुने यो यात्रा करिब दुई साताको हुने फाउन्डेसनको वेभसाइटमा उल्लेख छ।
फाउन्डेसनको वेभसाइटमा राखिएको एक उद्दरणमा सद्गुरू भन्छन्ः कैलाश यो धर्तीको सबैभन्दा ठूलो रहस्यमय पुस्तकालय हो। सष्टिबारे जान्न मन लागेका जति पनि कुराहरू छन्, ती सबै त्यहीं छन्।








