विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस ‘के-ग्रुप’ ट्रकमा इरानी सर्वोच्च नेताको शव, यस्तो छ भाइरल भिडियोको भित्री कथा

इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम संस्कारमा फिनल्यान्डको के-समूह (K-ryhmä) को लोगो भएको ट्रक प्रयोग भएको भिडियोले फिनल्यान्डमा सनसनी मच्चाएको छ।

संक्षेपमा


  • खामेनीको शव बोक्न ‘के-समूह’ को ट्रक प्रयोग।
  • इराकमा उक्त गाडी बिक्रीमा राखिएको खुलासा।
  • घटनाप्रति फिनिस कम्पनी ‘केस्को’ द्वारा दुःख व्यक्त।

इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्तिम संस्कारको एउटा अचम्मको भिडियो सार्वजनिक भएको छ। रोयटर्सले सार्वजनिक गरेको उक्त भिडियोमा फिनल्यान्डको के-समूह (K-ryhmä) को लोगो भएको चिस्यान ट्रकबाट उनको कफिन निकालिएको देखिन्छ।

अमेरिका र इजरायलको आक्रमणमा परी इरान युद्धको पहिलो दिनमै खामेनीको मृत्यु भएको थियो। पछिल्ला केही दिनयता इरान र इराकमा उनको अन्तिम संस्कार भइरहेको छ।

यो भिडियो इराकको करबला सहरमा खिचिएको हो। भिडियोमा सुन्तला रङको उक्त ट्रकबाट शव निकालिएको र मानिसहरूको विशाल भीडमा लगिएको देखिन्छ।

उक्त भिडियो सार्वजनिक भएपछि फिनिस मिडियाले व्यापक कभरेज गरेका छन्। उक्त भिडियो बारे पहिलो रिपोर्टिङ इल्ता-सानोमातले गरेको थियो।

यस्तो छ सम्भावित कारण

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हेलसिन्की सानोमात पत्रिकाले गरेको एक अनुसन्धानले ठ्याक्कै त्यस्तै ट्रक जुन १८ मा इराकी फेसबुक ग्रुपमा बिक्रीका लागि राखिएको खुलेको छ। २ लाख ५० हजारभन्दा बढी सदस्य रहेको उक्त ग्रुपको विज्ञापनमा ‘के-समूह’ को लोगो प्रष्ट देखिन्छ।

विज्ञापनमा उक्त ट्रक सन् २०१६ को मोडल भएको र कुनै दुर्घटनामा नपरेको उल्लेख छ। ट्रकको सिसामा जर्मनीको गाडी डिलर कम्पनी ‘एमएसबी ट्रक्स’को स्टिकर पनि टाँसिएको छ।

युरोपमा प्रयोग भइसकेका पुराना व्यावसायिक गाडीहरू प्रायः मध्यपूर्व वा अन्य विकासशील देशहरूमा बेचिन्छन्। उक्त ट्रक पनि त्यसैगरि इराक पुगेको हुनसक्ने प्रबल सम्भावना छ।

यता केस्कोले भने उक्त गाडीसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। तस्बिरहरूमार्फत मात्र आफूहरूले घटनाबारे जानकारी पाएको कम्पनीले YLE लाई दिएको प्रतिक्रियामा बताएको छ।

केस्कोका अनुसार सामान ढुवानी साझेदार कम्पनीहरूले गर्छन् र केस्कोको आफ्नै गाडी छैन। गाडी बेच्दा लोगो नहटाउनु सम्झौता विपरीत भएको कम्पनीको भनाइ छ।

केस्कोले घटनालाई आफ्नो दृष्टिकोणबाट ‘अत्यन्तै दुःखद’ भनेको छ। भविष्यमा गाडी बेच्नुअघि लोगो हटाउन साझेदारहरूलाई सम्झाउने कम्पनीले जनाएको छ।

‘के-समूह’ (K-ryhmä) फिनल्यान्डको खुद्रा व्यापार क्षेत्रको एक प्रमुख कम्पनी हो। यसले फिनल्यान्डभर सुपरमार्केटहरू र अन्य व्यापारिक आउटलेटहरू सञ्चालन गर्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप