0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस भाषाको कहरः उत्तरी फिनल्यान्डमा १० विदेशी नर्स र २ डाक्टरको रोजगार सम्झौता रद्द

    विदेशी स्वास्थ्यकर्मीहरूमा फिनिस भाषाको कमी र अपेक्षित सीपको अभाव देखिएपछि रोजगार सम्झौता परीक्षण अवधिमै रद्द गरिएको जनाइएको छ।

    .संक्षेपमा.


    • उत्तरी साभो क्षेत्रमा विदेशी मूलका १० नर्स र २ डाक्टरको रोजगार सम्झौता रद्द।
    • कमजोर फिनिस भाषा र व्यावसायिक सीपको पनि अभाव रहेको आरोप।
    • प्रभावित कर्मचारीलाई अस्थायी रूपमा फरक जिम्मेवारीको प्रस्ताव।

    फिनल्यान्डको उत्तरी साभो वेलफेयर क्षेत्रमा भर्ती गरिएका केही विदेशी स्वास्थ्यकर्मीहरूको भाषागत कमजोरी र अपेक्षित सीपको अभाव देखिएपछि रोजगार सम्झौता परीक्षण अवधिमै रद्द गरिएको छ।

    रोजगार सम्झौता रद्द हुने १० नर्स र २ डाक्टरमध्ये अधिकांश जिम्बाब्वेका नागरिक हुन्। फिनिस सार्वजनिक प्रसारण संस्था YLE का अनुसार सम्झौता रद्द हुनेमा अन्य देशका नागरिकहरू पनि छन्।

    जिम्बाब्वेका नर्सहरुले ‍आफ्नो अध्ययन पोल्यान्डमा पूरा गरेर एक एजेन्सी मार्फत फिनल्यान्ड आएका थिए। उनीहरुले उत्तरी फिनल्यान्डका इसाल्मी (Iisalmi), भार्काउस (Varkaus), र कुओपियो (Kuopio) सहरहरूका विरामीलाई केयर गर्ने काम गर्ने गरेका थिए।

    प्रभावित कर्मचारीहरूलाई नर्सबाट डाउनग्रेड गरेर अस्थायी रूपमा सहायक स्वास्थ्यकर्मीको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

    फिनल्यान्डको स्वास्थ्य क्षेत्रमा कर्मचारीहरूको अभाव लामो समयदेखि समस्या बनिरहेको छ। यो कमीलाई समाधान गर्न उत्तरी साभो वेलफेयर क्षेत्रजस्ता संस्थाहरूले सक्रिय रूपमा विदेशी स्वास्थ्यकर्मीहरूलाई भर्ती गर्दै आएका छन्।

    यो घटनामा भर्तीको प्रक्रिया कमजोरीपूर्ण रहेको आरोपसमेत लागेको छ। उत्तरी साभो वेलफेयर क्षेत्रले भर्तीको जिम्मा लिएको सेवा प्रदायकले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह नगरेको जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप