संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा भालुको शिकार खुल्योः सात दिनमै सय भालु मारिएपछि संयम अपनाउन आग्रह

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • पोहयोइस-कारयाला क्षेत्रमा एकै साताभित्र १०० भालुको शिकार।
  • मानव बस्तीमा जोखिम निम्त्याउने भालुलाई मात्र लक्षित गर्न अधिकारीहरुको आग्रह।
  • कानुनी मुद्दा समाधान भएसँगै दुई वर्षपछि पुनः सुरु भयो भालुको शिकार।

फिनल्यान्डको पूर्वी क्षेत्र पोहयोइस-कार्यालामा भालुको शिकार सुरु भएको एक साता नपुग्दै करिब १०० वटा भालु मारिएको समाचार सार्वजनिक भएको छ।

मानिसका लागि खतरा र क्षति पुर्‍याउने भालुहरूलाई लक्षित गर्दै गत बिहीबारदेखि शिकार अभियान तीव्र पारिएको हो।

फिनल्यान्डमा सबैभन्दा धेरै भालु रहेको उक्त क्षेत्रका लागि कुल ११८ वटा भालु मार्ने अनुमति दिइएको थियो। सोमबार दिउँसोसम्ममा नै तोकिएको अधिकांश कोटा पूरा भइसकेको छ।

गत साता योएन्सु क्षेत्रमा भालु सिकारका क्रममा दुई सिकारी भालुको आक्रमणबाट घाइते भएका थिए। उनीहरू अनुभवी सिकारी रहेपनि भालु मरिसकेको ठानेर नजिक जाँदा घाइते भालुले अचानक आक्रमण गरेको थियो।

विज्ञापन

इलोमान्त्सी र योएन्सु क्षेत्रमा तोकिएको कोटा पूरा भइसकेकाले त्यहाँ शिकार बन्द गरिएको फिनल्यान्डको सार्वजनिक प्रसारक YLE ले लेखेको छ। योएन्सुमा १९ र इलोमान्त्सीमा २६ वटा भालु मारिएपछि शिकार अभियान सकिएको हो।

केस्की-कार्याला क्षेत्रमा भने १९ वटा भालु मारिएपछि अभियानलाई कम्तीमा एक साताका लागि स्थगित गरिएको छ। त्यहाँ अझै ३ वटा भालु मार्ने अनुमति बाँकी नै छ।

मानव बस्ती आसपास दुःख दिइरहेका भालुहरूलाई मात्र मार्ने योजना रहेकाले अभियान रोकिएको शिकार प्रमुख पासी पारभियाइनेनले YLE लाई दिएको प्रतिक्रियामा बताएका छन्। मान्छेलाई दुःख दिने भालु फेला परेमा अक्टोबरको अन्त्यसम्ममा बाँकी कोटा पूरा गरिने उनको भनाइ छ।

फिनल्यान्डको वन्यजन्तु केन्द्रका अधिकारीहरुले शिकारमा संयम अपनाउन आग्रह गरेका छन्। सर्वसाधारणलाई दुःख दिने र सुरक्षामा खतरा पुर्‍याउने भालुहरूलाई मात्र मार्न उनीहरुले सल्लाह दिएका हुन्।

विगत दुई वर्षयता रेन्डियर पालन गरिने उत्तरी क्षेत्रबाहेक फिनल्यान्डका अन्यत्र क्षेत्रमा भालु शिकारमा रोक लगाइएको थियो। शिकार अनुमतिपत्रको वैधानिकतालाई लिएर परेका कानुनी मुद्दाका कारण शिकार प्रक्रिया ठप्प बनेको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

तर गत जुन महिनामा सर्वोच्च प्रशासनिक अदालतले पोहयोइस-कार्यालामा दिइएका १५ वटा विशेष अनुमतिपत्रलाई कानुनी मान्यता दिएको थियो। अदालतको उक्त निर्णयले मानिसको सुरक्षा र भौतिक क्षति नियन्त्रणका लागि पुनः भालु शिकारको बाटो खोलेको हो।

शिकार गरिएका भालुहरूलाई मुख्यतया तिनीहरूको पित्तथैली, मासु र छालाको लागि प्रयोग गरिन्छ।

लामो छ फिनल्यान्डमा भालु शिकारको परम्परा

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्डमा भालु शिकारको लामो र ऐतिहासिक परम्परा रहेको छ। भालु शिकार यहाँको संस्कृति र लोककथासँग पनि गहिरो रूपमा जोडिएको छ।

फिनल्यान्डका आदिवासी र ग्रामीण समुदायहरूमा भालुलाई शक्ति, साहस र प्रकृतिको प्रतीकको रूपमा सम्मान गरिन्छ। इतिहासमा भालु शिकार केवल जीविकोपार्जन वा खेल मात्र नभई एउटा पवित्र अनुष्ठान पनि थियो, जसलाई विभिन्न प्राचीन गीत र संस्कारहरूसँग जोड्ने गरिन्थ्यो।

भालुको शिकार गरेपछि Karhunpeijaiset नामक उत्सव मनाउने चलन पनि फिनल्यान्डमा छ। सिकार सफल भएपछि मारिएको भालुको आत्माको शान्तिको लागि उक्त उत्सव मनाउने परम्परा रहिआएको छ।

फिनल्यान्डमा परम्परागत रूपमा भालुलाई कहिल्यै ‘सिकार गरिएको’ भनिँदैनथ्यो, त्यसलाई केवल ‘झारिएको’ वा ‘झुकाइएको’ मात्र भनिन्थ्यो।

आधुनिक समयमा भालु शिकारको परम्परालाई वैज्ञानिक व्यवस्थापन र कडा कानुनको परिधिभित्र सीमित गरिएको छ।

फिनल्यान्डमा पारिस्थितिक सन्तुलन कायम राख्न र मानिस तथा वन्यजन्तुबीचको द्वन्द्व घटाउन सीमित र नियन्त्रित भालु शिकारको अनुमति दिइएको छ। अर्थात वैज्ञानिक अनुसन्धान र तथ्याङ्कमा आधारित कोटा प्रणालीमार्फत शिकार नियन्त्रण गरिन्छ।

यसले भालुको संख्यालाई स्थिर राख्न मद्दत गरेको र प्राकृतिक वासस्थानको संरक्षणमा पनि टेवा पुर्‍याएको मानिन्छ।

यो पनि पढ्नुहोस्ः

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप