संग्रह गर्नुहोस्।
संग्रहित

दक्षिण फिनल्यान्डमा बिग्रियो मौसम: भारी वर्षा र हावाहुरीको चेतावनी

आइतबार पनि भारी वर्षा र हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। भोलिदेखी भने मौसममा क्रमिक सुधार हुनेछ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हेलसिन्कीमा थप १५–२० मिलिमिटर वर्षा हुने मौसमविद्को अनुमान।
  • उसीमा क्षेत्रमा प्रतिसेकेन्ड १५ मिटर गतिको हावाहुरीको चेतावनी।
  • ढल भरिएर सडक र होचा स्थानहरू जलमग्न हुनसक्ने सम्भावना।

फिनल्यान्डको राजधानी हेलसिन्की र आसपासका क्षेत्रमा आइतबार पनि भारी वर्षा जारी छ। यसैबीच उसीमा क्षेत्रमा कडा हावाहुरी चल्ने चेतावनी जारी गरिएको छ।

मौसमविद्हरुका अनुसार बिहानसम्ममा थप १५ देखि २० मिलिमिटर वर्षा हुनसक्छ। उसीमा क्षेत्रमा उत्तर र उत्तर-पूर्वबाट प्रतिसेकेन्ड १५ मिटरसम्मको हावा चल्ने अनुमान छ।

भारी वर्षा र हावाहुरी आउँदा रुखहरू ढल्ने, सडक यातायात प्रभावित हुने र होचा क्षेत्रमा पानी जम्ने जोखिम रहन्छ।

समुद्री क्षेत्रमा पनि मौसम खराब छ। फिनल्यान्डको खाडीको पूर्वी भागमा अग्ला र ठुला छालहरू आउने चेतावनी दिइएको छ। राति समुद्री क्षेत्रमा आँधी समेत आएको थियो।

विज्ञापन

शनिबार मध्यरातसम्म हेलसिन्कीमा ६ देखि ९ मिलिमिटर मात्र पानी परेको थियो। तर कोत्कामा भने २७ मिलिमिटर वर्षा मापन गरिएको थियो।

हावाहुरीका कारण वर्षाको सही मापन गर्न कठिन भएको छ। आइतबार बिहानपछि भने पानी पर्ने क्षेत्र पूर्व र दक्षिण-पूर्वी फिनल्यान्डतर्फ सर्ने मौसमविद्हरुको आकलन छ।

भारी वर्षाले सहरी क्षेत्रमा बाढी ल्याउनसक्ने फोरेकाका मौसमविद् इल्का आलाङ्कोले फिनिस भाषाका मिडियालाई दिएको प्रतिक्रियामा बताएका छन्। भारी वर्षाका कारण ढलले छिटो पानी निकास गर्न नसक्दा सडकहरू जलमग्न हुन सक्नेछन्।

नयाँ साताको सुरुवातसँगै मौसम सफा हुनेछ। सोमबार तापक्रम २०°C को आसपास रहनेछ भने घाम लाग्नेछ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप