संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नेपाली पासपोर्ट नविकरण सेवा अनिश्चित: समयमै सचेत रहन आग्रह

राहदानी विभागले जारी गरेको विज्ञप्तिमा नयाँ प्रणाली लागु गर्दा पासपोर्ट वितरणमा तीन महिनासम्म थप ढिलाइ हुने भएकाले आगामी ६ महिनाभित्र पासपोर्टको म्याद सकिनेले अन्तरिम अवस्था सुरु हुनु अगाडी नै सेवा लिन अनुरोध गरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • राहदानी सेवा केही समय चुनौतीपूर्ण बन्ने।
  • राहदानी विभागले नयाँ प्रणाली लागु गर्दै।
  • दूतावासको व्यस्त कार्यतालिका मुख्य चुनौती।

फिनल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरूका लागि राहदानी (पासपोर्ट) सेवा प्राप्त गर्न आगामी केही समय चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

नेपाल सरकार अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी गरिरहेकाले पुरानो प्रणालीबाट नयाँमा रूपान्तरण हुने क्रममा सेवा प्रवाहमा अस्थायी अवरोध र ढिलाइ हुन सक्ने जनाएपछि पासपोर्ट नविकरणमा ढिलासुस्ती हुने देखिएको हो।

यसले फिनल्यान्ड लगायत विदेशी मुलुकमा रहेका सेवाग्राहीहरूलाई केही समय असहज अवस्था सिर्जना गर्नेछ।

विगतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डसँगको सहकार्यमा डेनमार्कस्थित नेपाली राजदूतावासले फिनल्यान्डमै घुम्ती सेवा सञ्चालन गरी राहदानी नवीकरणमा सहजता प्रदान गर्दै आएको थियो।

विज्ञापन

यो वर्ष पनि सोही सेवा पुनः सञ्चालनका लागि पहल र समन्वय भइरहेको भएपनि हालसम्म कुनै ठोस निर्णय भएको छैन। राजदूतावासको व्यस्त कार्यतालिका यसमा मुख्य चुनौतीको रूपमा देखिएको छ।

एनआरएनए फिनल्यान्डका उपाध्यक्ष तारा प्रसाद सापकोटाका अनुसार घुम्ती सेवा ल्याउने प्रयास जारी रहेपनि तत्कालका लागि निश्चित मिती तय भैसकेको छैन।

”मे महिनाको अन्त्यतिर सेवा आउन सक्ने सम्भावना भने छ, तर हाललाई पक्का भन्न सकिने अवस्था छैन,” सापकोटाले बताए।

सापकोटाले यो परिस्थितिलाई ध्यानमा राख्दै छिटो राहदानी आवश्यक पर्ने नेपालीहरूलाई वैकल्पिक उपाय अपनाउन आग्रह गरे।

राहदानी वितरणमा ढिलाइ हुनेबारे राहदानी विभागले निकालेको सूचना। 

आवश्यक परे डेनमार्क पुगेर सेवा लिनु उपयुक्त हुने सापकोटाको सुझाव छ। उनका अनुसार विशेषगरी तिज, दशैं, तिहार र छठजस्ता चाडमा नेपाल यात्रा गर्ने योजना बनाइरहेका व्यक्तिहरूले आफ्नो पासपोर्टको म्याद समयमै जाँच गर्न र आवश्यक परे ढिलो नगरी नवीकरण प्रक्रिया अघि बढाउन उपयुक्त हुनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

राहदानी विभागले जारी गरेको विज्ञप्तिमा नयाँ प्रणाली लागु गर्दा पासपोर्ट वितरणमा तीन महिनासम्म थप ढिलाइ हुने भएकाले आगामी ६ महिनाभित्र पासपोर्टको म्याद सकिनेले अन्तरिम अवस्था सुरु हुनु अगाडी नै सेवा लिन अनुरोध गरिएको छ।

अपडेटः एनआरएन फिनल्यान्डका अध्यक्ष योगेन्द्र संग्रौलाका अनुसार दूतावाससँग निरन्तर सम्पर्क भैरहेको छ र केही महिनाभित्र राहदानी घुम्ती टोली बोलाउने प्रयास जारी छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
सुरज भट्टराई
सुरज भट्टराई
विगत केही समयदेखि फिनल्यान्डलाई कर्मथलो बनाएका भट्टराई नेपालमा रहँदा मिडिया र राजनैतिक वृत्तमा काम गरेका थिए।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप