संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको ओडी पुस्तकालयमा फोहोर गर्नेलाई एक महिनाको प्रवेश निषेध

फर्निचरमा पटक-पटक पिसाब फेरेर दुर्गन्ध फैलाएपछि ओडी पुस्तकालयका निर्देशकले एक व्यक्तिलाई एक महिनाको प्रतिबन्ध लगाएका हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फर्निचरमा लगातार पिसाब फेरेर दुर्गन्ध फैलाए।
  • चेतावनी पाएपनि दोहोर्‍याए हरकत।
  • प्रतिबन्ध विभेदकारी भएको भन्दै परेको पुनरावेदन नगर समितिद्वारा खारेज।

हेलसिन्कीको केन्द्रीय पुस्तकालय ओडीमा लगातार फर्निचरमा पिसाब फेरेर दुर्गन्ध फैलाउने एक व्यक्तिलाई प्रवेशमा एक महिनाको प्रतिबन्ध लगाइएको छ। अन्य आगन्तुकलाई गम्भीर बाधा पुर्‍याएपछि पुस्तकालय निर्देशकले सो निर्णय गरेका हुन्।

हेलसिन्की सहरको संस्कृति समितिको कागजात अनुसार ती व्यक्तिले हप्तौँदेखि पुस्तकालयका फर्निचरमा पिसाब फेर्दै आएका थिए। यसबाट फैलिएको दुर्गन्धका कारण अन्य सेवाग्राहीहरूले ठूलो सास्ती खेप्नुपरेको थियो।

समस्या समाधानका लागि पुस्तकालयका सुपरभाइजर, सुरक्षाकर्मी र सहरका सामाजिक कार्यकर्ताले प्रयास गरेका थिए। जुन ९ मा ती व्यक्तिलाई व्यवहार नसुधारे प्रतिबन्ध लगाइने चेतावनी दिइएको थियो।

तर लगत्तै भोलिपल्ट जुन १० मा ती व्यक्ति पुनः ओडीको बालबालिका कक्षमा पुगेर सोही हरकत दोहोर्‍याए। चेतावनी अटेर गरेपछि पुस्तकालय निर्देशकले ३० दिनको प्रतिबन्ध लगाउने निर्णय गरे।

विज्ञापन

फिनल्यान्डको पुस्तकालय ऐन अनुसार नियम उल्लङ्घन गर्ने प्रयोगकर्तालाई बढीमा ३० दिनसम्म प्रवेशमा रोक लगाउन सकिने प्रावधान छ। सार्वजनिक स्थलको सुरक्षा र सरसफाइ कायम राख्न फिनल्यान्डको पुस्तकालय ऐनले अधिकारीहरूलाई यस्ता कडा कदम चाल्ने अधिकार दिएको हो।

प्रतिबन्धपछि ती व्यक्तिले संस्कृति समितिमा निर्णयका विरुद्ध पुनरावेदन गरेका थिए। सम्झाएपछि आफ्नो व्यवहार सुधारिसकेकाले प्रतिबन्ध आधारहीन र विभेदकारी भएको उनको दाबी थियो।

समितिले भने ती व्यक्तिको दाबीमा कुनै पर्याप्त आधार नरहेको भन्दै पुनरावेदन खारेज गर्ने निर्णय गरेको छ।

कस्तो पुस्तकालय हो ओडी?

फिनल्यान्डको राजधानी हेलसिन्कीमा अवस्थित केन्द्रीय पुस्तकालय ओडी विश्वकै सबैभन्दा आधुनिक, समावेशी र उत्कृष्ट सार्वजनिक पुस्तकालयहरूमध्ये एक मानिन्छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सन् २०१८ मा फिनल्यान्डको स्वतन्त्रताको शतवार्षिकीको अवसरमा जनतालाई उपहारस्वरूप खोलिएको यो पुस्तकालय कलात्मक काठ र सिसाको आकर्षक संरचनाले सजिएको छ।

ओडीलाई पुस्तक पाइने ठाउँका रुपमा मात्र नभएर सम्पूर्णका लागि खुला बैठक स्थल, सिर्जनशीलता केन्द्र र आधुनिक प्रविधिको प्रयोगशालाको रूपमा डिजाइन गरिएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

तीन तले भव्य पुस्तकालयको तल्लो तलामा क्याफे, रेस्टुरेन्ट र सिनेमा हल छन् भने दोस्रो तलामा थ्रिडी प्रिन्टर, सिलाई मेसिन, ध्वनी रेकर्डिङ स्टुडियो र डिजिटल कार्यशालाहरू रहेका छन्।

सबैभन्दा माथिल्लो तलामा शान्त वातावरण, प्राकृतिक प्रकाश र रूखहरूसहितको सुन्दर पुस्तकालय रहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप