संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको पार्कमा शनिवार विशाल ‘सेकेन्ड ह्यान्ड’ मेला, हजारौँ सहभागी हुने

अगस्ट २२ शनिबारका दिन हेलसिन्कीको 'भान्हा किर्को पुइस्तो'मा बिना बुकिङ सामान बेच्न र किन्न सकिने विशाल सेकेन्ड ह्यान्ड बजार लाग्दैछ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • शनिबार हेलसिन्कीमा विशाल ‘सेकेन्ड ह्यान्ड’ मेला लाग्ने।
  • क्रेता र विक्रेता दुवैलाई निःशुल्क प्रवेश, पूर्व बुकिङ नचाहिने।
  • लत्ताकपडा, भाँडाकुँडा, सेरामिक्स र डिजाइनका सामानहरू खरिद-बिक्री हुने।

भोली शनिबार अगस्ट २२ का दिन हेलसिन्कीको केन्द्रबाट केही पर रहेको भान्हा किर्को पुइस्तो (Vanha Kirkkopuisto, पुरानो चर्च पार्क) विशाल किर्पुतोरी अर्थात सेकेन्ड ह्यान्ड बजारमा परिणत हुँदैछ।

सरसफाइ दिवस अर्थात siivouspäivä को अवसर पारेर आयोजना गर्न लागिएको बजारमा सयौं विक्रेता र हजारौं क्रेता भेला हुने अपेक्षा गरिएको छ।

बजार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ। यसमा सहभागी हुन क्रेता र विक्रेता दुवैले कुनै शुल्क तिर्नु पर्दैन। सामान बेच्न चाहनेहरूले ठाउँ बुक गरिरहनु पनि पर्दैन।

सामान बेच्न चाहनेले आफ्नै टेबल, कपडा झुन्ड्याउने र्याक वा ओछ्याउने तन्ना ल्याएर निःशुल्क रूपमा सामान बेच्न सक्नेछन्।

विज्ञापन

आयोजकहरूका अनुसार बजारमा विभिन्न प्रकारका सामानहरू उपलब्ध हुनेछन्। लत्ताकपडा, भाँडाकुँडा, फिनिस सिसा, सेरामिक्स र डिजाइनका आकर्षक सामानहरू राखिनेछन्। साथै हातले बुनेका उनीका मोजाहरू पनि खरिद गर्न सकिनेछ।

फिनल्यान्डमा siivouspäivä अर्थात् ‘सरसफाइ दिवस’ एक लोकप्रिय अभियान हो।

सन् २०१२ बाट सुरु भएको यस अभियानअन्तर्गत वर्षको दुई पटक देशैभरिका सार्वजनिक स्थान, सडक र पार्कहरूलाई अस्थायी सेकेन्ड ह्यान्ड बजारमा परिणत गरिन्छ।

यसले पुराना सामानहरूको पुन: प्रयोगलाई बढावा दिनुका साथै वातावरण संरक्षणमा समेत मद्दत पुर्‍याउँछ।

फिनल्यान्डवासीहरू सेकेन्ड ह्यान्ड सामानको खरिदबिक्रीमा निकै रुचि राख्छन्, जसले गर्दा यस्ता कार्यक्रमहरू सधैं भिडभाडयुक्त र उत्सवजस्तै रमाइला हुन्छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो ‘सेकेन्ड ह्यान्ड’ मेला नयाँ आप्रवासीहरूका लागि पनि सस्तोमा आवश्यक सामान जुटाउने निकै राम्रो अवसर हुनसक्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप