संग्रह गर्नुहोस्।
संग्रहित

नेपाललाई तत्काल एक मिलियन युरो सहयोग गर्ने फिनल्यान्ड सरकारको घोषणा

नेपालमा आएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय संकट कम गर्न फिनल्यान्डले आपतकालीन राहतस्वरूप दश लाख युरो प्रदान गर्ने घोषणा गरेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • नेपालमा आएको विनाशकारी बाढीपछि फिनल्यान्डद्वारा एक मिलियन युरो सहायता घोषणा।
  • घरबारविहीन र जोखिममा परेका महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता।
  • नेपाल र फिनल्यान्डबिच लामो छ कूटनीतिक र विकास साझेदारी।

नेपालमा हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटलाई मध्यनजर गर्दै फिनल्यान्डले एक मिलियन अर्थात् दस लाख युरो सहयोग गर्ने घोषणा गरेको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब सत्र करोड चौसठ्ठी लाख हुन्छ।

यो सहयोग इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) मार्फत प्रदान गरिनेछ र फिनल्यान्डको रेडक्रस हुँदै नेपाल पुग्नेछ।

सहयोग बाढीका कारण घरबारविहीन भएका र सुरक्षित स्थानमा सारिएका मानिसहरूलाई मद्दत गर्न प्रयोग गरिनेछ।

यो राहत विशेष गरी महिला, बालिका र अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पूरा गर्न केन्द्रित हुने फिनल्यान्डको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फिनल्यान्डका विभिन्न गैरसरकारी संस्थाले विभिन्न सहयोग पठाए पनि सरकारले भने कुनै सहयोगको घोषणा नगरेको भन्दै प्रश्न उठेको थियो।

नेपालीलाइनेनबाट थप
विनाशकारी रसुवा बाढी र विपद् पछि अब के गर्ने? दीर्घकालीन सुरक्षाका लागि अब के-कस्ता कदम चाल्न आवश्यक छ? फिनल्यान्डको Aalto University मा बाढी व्यवस्थापन अनुसन्धानकर्ता रहेका अनुप श्रेष्ठसँग नेपालीलाइनेनको विशेष कुराकानी।
विज्ञापन सकियो

सन् २०१५ को भूकम्पका बेला केहि दिनमै तीस लाख युरो सहयोग पठाएको फिनल्यान्ड सरकार अहिले भने मौन देखिएको भन्दै नेपालीलाइनेनले समेत समाचार लेखेको थियो।

यद्यपि फिनिस सरकारले अन्ततः आज सहयोगको घोषणा सार्वजनिक गरेको हो।

“बाढीले नेपालको पूर्वाधार र जनजीवनमा ठुलो क्षति पुर्‍याएको छ,” फिनल्यान्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ले ताभिओले परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनेका छन्। “फिनल्यान्डको सहयोगले स्वास्थ्य सेवा, पिउने पानी, सरसफाइ र अस्थायी आश्रय प्रदान गर्न मद्दत गर्नेछ।”

फिनल्यान्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्य आपतकालीन कोषहरू (जस्तै DREF र CERF) लाई पनि सहयोग गर्दै आएको र यी कोषहरूबाट पनि नेपालको मानवीय सङ्कट समाधानका लागि रकम परिचालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

नेपाल र फिनल्यान्डबिच लामो समयदेखि कूटनीतिक र विकास साझेदारी रहँदै आएको छ। फिनल्यान्डले नेपालको शिक्षा, खानेपानी, वन तथा जलवायु परिवर्तनको क्षेत्रमा मुख्य रूपमा आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ।

विपद् व्यवस्थापन र मानवीय सहायतामा फिनल्यान्डको यो कदमले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको छ। साथै यहाँ बसोबास गर्ने नेपाली आप्रवासी समुदायका लागि पनि यो एउटा महत्त्वपूर्ण ऐक्यबद्धताको सन्देश बन्ने निश्चित छ।

यो पनि पढ्नुहोस्

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप