संग्रह गर्नुहोस्।
संग्रहित

नर्वेका राजा हाराल्डको ओस्लो अस्पतालमा निधन

प्रकृति र खेलकुदप्रेमी राजा हाराल्ड नर्वेली जनतामाझ अत्यन्तै लोकप्रिय र सम्मानित थिए। नर्वेका नागरिकहरू उनलाई मायाले "बेस्तेफार" (हजुरबुबा) भनेर सम्बोधन गर्थे।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ८९ वर्षको उमेरमा नर्वेका राजा हाराल्डको निधन।
  • हेमोलिटिक एनेमिया र सङ्क्रमणको उपचारका क्रममा ओस्लोमा बिते।
  • राजकुमार हाकोन बने नयाँ राजा।

नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ। नर्वेली राजप्रासादका अनुसार ओस्लो युनिभर्सिटी अस्पतालमा उपचारका क्रममा उनको देहावसान भएको हो।

उनी गत साताको सोमबारदेखि अस्पतालमा भर्ना भएका थिए। राजदरबारले उनलाई हेमोलिटिक एनेमिया (रक्तकोष द्रुत गतिमा नष्ट हुने रोग) भएको र पछि ब्याक्टेरियल सङ्क्रमण समेत देखिएको जनाएको थियो।

राजाको स्वास्थ्यस्थिति निकै गम्भीर बनेपछि ओस्लोस्थित राजदरबार बाहिर सर्वसाधारणले फूल चढाउन र भेला हुन थालेका थिए।

बिहीबार बिहान उनको स्वास्थ्य अवस्था थप बिग्रिएको र उपचारकै क्रममा निधन भएको घोषणा गरिएको थियो।

विज्ञापन

सन् १९३७ फेब्रुअरी २१ मा जन्मिएका हाराल्ड सन् १९९१ जनवरीमा नर्वेको राजा बनेका थिए। उनले आफ्ना बुबा र हजुरबुबाकै पदचाप पछ्याउँदै “सबै नर्वेका लागि” भन्ने मूल नारा अङ्गीकार गरेका थिए।

प्रकृति र खेलकुदप्रेमी राजा हाराल्ड नर्वेली जनतामाझ अत्यन्तै लोकप्रिय र सम्मानित थिए। नर्वेका नागरिकहरू उनलाई मायाले “बेस्तेफार” (हजुरबुबा) भनेर सम्बोधन गर्थे।

राजा हाराल्डको निधनपछि उनका छोरा राजकुमार हाकोन अब नर्वेको नयाँ राजा बनेका छन्।

राजा हाराल्ड पाँचौँ एक कुशल खेलाडी पनि थिए। उनले सन् १९६४, १९६८ र १९७२ को ओलम्पिक खेलहरूमा सेलिङ (नौकायान) तर्फ नर्वेको प्रतिनिधित्व गरेका थिए।

लामो समय स्वास्थ्य समस्या भोग्दै आएका उनले आफ्नो जीवनको अन्तिम समयसम्म पनि नर्वेली जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै गद्दी त्याग्न अस्वीकार गरेका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सन् २००९ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नर्वे भ्रमण गरेर फिनल्यान्ड आएपछि नर्वेली राजासँगको आफ्नो भेट अविस्मरणिय रहेको प्रतिक्रिया दिएका थिए।

सन् २०११ को नोबेल शान्ति पुरस्कार वितरण समारोहमा ओस्लोमा नर्वेको राजपरिवार (राजारानी र युवराज युवराज्ञी)। अहिले नेपालीलाइनेनका सम्पादक रहेका मनोज भुसालले त्यो बेला Global South Development Magazine को सम्पादक रहेका बेला यो फोटो खिचेका हुन्।
राजा हाराल्ड र रानी सोनिया। फोटोः मनोज भुसाल/GSDM
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप