संग्रह गर्नुहोस्।
संग्रहित

रसुवा बाढी: अहिलेसम्म ९५ जनाको मृत्यु पुष्टि, फिनल्यान्डका नागरिकसहित ४०३ पर्यटक बेपत्ता

नेपालको आएको विनाशकारी बाढीका कारण अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू सम्पर्कविहीन भएका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • रसुवा बाढीमा हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि।
  • फिनल्यान्डका नागरिकसहित ४०३ पर्यटक सम्पर्कविहीन भए।
  • बेपत्ता हुनेमा ३४१ विदेशी र ६२ नेपाली आन्तरिक पर्यटक।

नेपालको रसुवा जिल्लामा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको ज्यान गएको छ भने फिनल्यान्डका एक नागरिक सहित ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

आफ्ना हराइरहेका नागरिकका बारे फिनल्यान्डको परराष्ट्र मन्त्रालयले भने अझै औपचारिक जानकारी दिइसकेको छैन्।

काठमान्डौस्थित फिनिस राजदूतावासले अन्य दूतावासहरूसँग संयुक्त वक्तव्य निकाल्दै यो दुःखको घडीमा नेपाल र नेपालीहरूसँगै रहेको जनाएको छ, र आफ्ना नागरिकलाई आपत्कालिन अवस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्।

विज्ञापन

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिलेसम्म २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ। 

विशेषज्ञहरूका अनुसार बाढीको भयावहतालाई हेर्दा मृतकको वास्तविक संख्या निकै धेरै हुन सक्ने अनुमान गरिएको छ। २ खर्ब रुपैयाँभन्दा धेरै मूल्य बराबरको भौतिक पूर्वाधारको क्षति भएको प्रारम्भिक आकलन छ।

कैयौँ जलबिद्युत केन्द्रहरू, पूल, र सडकखन्डहरु पूर्णरुपमा ध्वस्त भएका। गाउँ, र सहरी टोलहरू नै बाढीमा बगेका छन्।

ट्राभल एजेन्सीहरुको सहयोगमा सम्पर्कमा नआएका पर्यटकको सुचि संकलन गरिएपनि हराइरहेका स्थानीय नेपालीहरुको भने कुनै गणना हुन सकेको छैन।

यस्तो छ हराएका पर्यटकको विवरण

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सम्पर्कमा नआएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतका १३३ जना रहेका छन्।

यस्तै बेपत्ता हुने विदेशीहरूमा अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३ र क्यानडाका २४ जना नागरिक रहेका छन्। मलेसियाका १९, युक्रेनका ७, सिंगापुर र दक्षिण अफ्रिकाका ६-६ जना, तथा न्युजिल्यान्ड र जापानका ५-५ जना पर्यटक पनि सम्पर्कमा छैनन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यसैगरी जर्मनीका ४, फ्रान्सका ३ तथा आयरल्यान्ड, नेदरल्यान्ड्स, रूस र स्पेनका २-२ जना नागरिक बेपत्ता छन्। बेलारूस, फिनल्यान्ड, हंगेरी, इसराइल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका १-१ जना पर्यटक सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

कुल बेपत्ता ४०३ जना पर्यटकहरूमध्ये २०३ जना पुरुष र २०० जना महिला रहेका छन्। अहिलेसम्म यीमध्ये कुनै पनि व्यक्ति फेला परेको आधिकारिक जानकारी आएको छैन।

बुधबार साँझ ५ बजेसम्मको विवरण अनुसार रसुवाको मलबरी होटलबाट मात्रै ५२ जना विदेशी र १३ जना नेपाली सम्पर्कमा नआएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।

रसुवा जिल्ला नेपालको प्रमुख ट्रेकिङ गन्तव्यहरूमध्ये एक हो, जहाँ प्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज र पवित्र गोसाइँकुण्डजस्ता पर्यटकीय स्थलहरू रहेका छन्। हिमाली क्षेत्र भएकाले मनसुनको समयमा यस्ता दुर्गम भूभागमा पहिरो र आकस्मिक बाढीको जोखिम सधैं उच्च रहने गर्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप