संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा पहिलो पटक ‘लाखे नाच’ प्रदर्शन हुने

भासा सहरमा आयोजना हुने 'नाइट्स अफ आर्ट' कार्यक्रममा नेपाली संस्कृति झल्काउने विशेष प्रस्तुति हुन लागेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • भासा सहरको ‘नाइट्स अफ आर्ट‘मा लाखे नाचको प्रस्तुति हुने।
  • नेपाली संस्कृति र मौलिक पहिचान प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य।
  • नेपाली झण्डा र परम्परागत पोसाकमा कार्यक्रममा उपस्थित हुन आह्वान।

फिनल्यान्डको भासा सहरमा पहिलो पटक नेपालको ऐतिहासिक र सांस्कृतिक लाखे नाच प्रस्तुत हुने भएको छ। भासा सहरमा रहेको नेपालीहरूको गैर-नाफामुखी संस्था भासान नेपाली आरवाई (Vaasan Nepali Ry) ले भासा सहरको नाइट्स अफ दी आर्ट्स कार्यक्रममा यो विशेष प्रस्तुति दिन लागेको हो।

कार्यक्रम आज १३ अगस्ट बेलुका साँझ ६ बजेबाट सुरु हुनेछ। मुख्य प्रस्तुति र परेड भने साँझ ६:३० बजे सिटी हलको अगाडिबाट सुरु हुनेछ।

आयोजकले लाखे नाचका सामग्री खरिद तथा ढुवानीका लागि सहयोगीहरूबाट रकम उठाएका थिए। कुल खर्च ९९० युरो लाग्ने प्रक्षेपण गरिएकोमा करिब २२ जनाको सहयोगमा ८५५ युरो उठेको थियो।

यो कार्यक्रम फिनल्यान्डमा रहेका नेपालीहरूका लागि मात्र नभई भासा सहरकै लागि विशेष हुने आयोजकले बताएका छन्। यसले विदेशमा पनि नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त राख्न मद्दत गर्ने उनीहरूको विश्वास छ।

विज्ञापन

आयोजकले फिनल्यान्डभर रहेका नेपालीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। उनीहरूले लाखे नाचपछिको परेडमा नेपाली झण्डा बोकेर र ताली बजाउँदै सहभागी हुन अनुरोध गरेका हुन्।

सहभागीहरूलाई आफ्नो मनपर्ने नेपाली परम्परागत पोसाक लगाएर आउन पनि सुझाइएको छ। यस्ता अवसरले फिनल्यान्डमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने आयोजकको विश्वास छ।

भासा सहरमा मात्र नभएर फिनल्यान्डभरिमै नेपाली लाखे नाच प्रदर्शन भएको सम्भवतः यो पहिलो पटक हो।

के हो नेपाली लाखे नाच?

लाखे नाच नेपालको नेवार समुदायमा प्रचलित एक परम्परागत तान्त्रिक नाच हो। विशेषगरी काठमाडौं उपत्यकामा इन्द्रजात्रा र अन्य जात्राहरूको समयमा यो नाच प्रस्तुत गर्ने चलन छ। लाखे प्रथा काठमाडौं उपत्यका लगायत नेपालभरका नेवारी बस्तीहरूमा प्रचलित छ।

मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न नेपालमा नेवार बाहेक अन्य समुदायका सर्वसाधारणदेखि बिदेशी पर्यटकको पनि उत्तिकै घुइँचो लाग्ने गर्दछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

लाखे नेपाली लोककथामा पाइने एक प्रकारको राक्षस हो। यसको मुहार डरलाग्दो, बाहिर निस्केका दाँत र रातो, सेतो वा कालो रङको रौँको झुप्पा (माने) भएको रूपमा चित्रण गरिन्छ। भगवानहरूको जात्रामा नाचिने राक्षसको नाचलाई लाखे नाच भनिएको हो।

किंवदन्ती अनुसार लाखेहरू पहिले जङ्गलमा बस्ने राक्षसहरू हुन्, जसले पछि गएर सहरका मानिसहरूको रक्षकको रूपमा काम गर्न थाले। महिला लाखेलाई ‘लसिं’ भनिन्छ। लाखेलाई दुष्ट आत्माहरूबाट खास गरि बालबालिकालाई जोगाउने शक्तिको रुपमा पनि चित्रण गरिएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने बताइन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
सन्दिप ब. पोख्रेल
सन्दिप ब. पोख्रेल
सन्दीप ब. पोख्रेल खेलकुद, संस्कृति र युवाहरूका विषयमा रुचि राख्छन्। फिनल्यान्डको कोक्कोला क्षेत्रमा बस्दै आएका उनी स्थानीय नेपाली समुदायका विभिन्न गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। उनी सन् २०२६-२०२८ का लागि नेपालीलाइनेनका सामुदायिक मिडिया फेलो हुन्।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप