विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

लामो खोजिको दुखद अन्त्य: हेलसिन्कीमा भेटिएको शव भारतीय विद्यार्थीकै भएको पुष्टि

फिनल्यान्डको लाहतीमा इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय विद्यार्थी गत मे महिनादेखि बेपत्ता थिए।

संक्षेपमा


  • हेलसिन्कीको समुद्रमा फेला परेको शव भारतीय विद्यार्थीको भएको पुष्टि।
  • घटनामा कुनै पनि आपराधिक क्रियाकलापको आशंका नरहेको प्रारम्भिक निष्कर्ष।
  • फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) द्वारा शवको पहिचान र छानबिन जारी।

फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित क्रुनुभुओरेनरान्ताको समुद्रबाट बिहीबार फेला पारिएको शव गत मे महिनादेखि बेपत्ता भएका १८ वर्षीय भारतीय विद्यार्थी मनिदिप रेड्डी गुज्जाकै भएको फिनल्यान्डको प्रहरीले पुष्टि गरेको छ

फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) ले जुलाई ९ तारिखमा चलाएको विशेष खोजतलास अभियानका क्रममा सो शव भेटिएको थियो। हेलसिन्की प्रहरीले मृत्युको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

हालसम्मको अनुसन्धानमा घटनामा कुनै आपराधिक संलग्नताको आशंका नदेखिएको प्रहरीले बताएको छ। मृतक विद्यार्थी गत वर्षको शरद ऋतुमा लाहतीस्थित LUT विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न फिनल्यान्ड आएका हुन्।

उनलाई अन्तिम पटक मे ५ तारिखका दिन क्रुनुभुओरेनरान्ताको एउटा के-मार्केट (K-Market) पसलमा देखिएको थियो। उनी सोही दिन बेलुका लाहतीबाट जेट-ट्रेन (Z-train) चढेर हेलसिन्की आएका थिए।

उनको खोजीका लागि फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्युरो, हेलसिन्की प्रहरी र फिनिस सीमा सुरक्षा बलले संयुक्त रूपमा व्यापक खोजतलास गरेका थिए। अनुसन्धान जारी रहेकाले एनबीआईले अहिले थप विवरण सार्वजनिक नगर्ने बताएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो दुःखद घटनाले फिनल्यान्डमा रहेका आप्रवासी समुदाय, विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाझ गहिरो चिन्ता बढाएको छ। बेपत्ता भएका विद्यार्थी भारतको हैदराबादका बासिन्दा हुन्।

उनको परिवारले भारत र फिनल्यान्डका उच्च अधिकारीहरूसँग खोजी कार्य तीव्र पार्न निरन्तर अपिल गर्दै आएका थिए।

लामो समयसम्म कुनै पत्तो नलागेपछि फिनल्यान्ड प्रशासनले यो केस जुन महिनाको अन्त्यतिर स्थानीय प्रहरीबाट राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) लाई सुम्पेको थियो।

यो पनि पढ्नुहोस्ः

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप