संग्रह गर्नुहोस्।
संग्रहित

नेपाल बाढीमा बेपत्ता फिनिस नागरिक तीर्थयात्री रहेको खुलासा

कैलाश मानसरोवर यात्राबाट फर्कँदै गरेका विदेशी तीर्थयात्रीको समुह बाढीमा परेर बेपत्ता भएका हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • नेपाल-तिब्बत सीमामा आएको भीषण बाढीमा एक फिनिस नागरिक बेपत्ता।
  • कैलाश मानसरोवर यात्राबाट फर्कँदा अध्यागमन भवनसँगै बाढीले बगाएको दाबी।
  • सञ्चार सम्पर्क विच्छेदका कारण बाढी प्रभावित क्षेत्रमा उद्धारमा सास्ती।

नेपाल र तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी बाढीमा हराइरहेका एक फिनिस नागरिक कैलाश मानसरोवर यात्रामा रहेका तीर्थयात्री रहेको खुलासा भएको छ।

उनी भारतीय सद्गुरु जग्गी वासुदेवले सञ्चालन गरेको आध्यात्मिक संस्था इसा फाउन्डेसनको समूहसँग तीर्थयात्रामा रहेको बताइएको छ।

फाउन्डेसनका संस्थापक सद्गुरुले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाको जानकारी दिएका हुन्। उनका अनुसार तिब्बतबाट नेपाल फर्कने क्रममा सीमा क्षेत्रको अध्यागमन भवनमा रहेका बेला बाढीले तीर्थयात्रीहरूलाई बगाएको हो।

सद्गुरुले घटनाबारे जानकारी दिइरहँदा त्यहाँ उपस्थित अन्य रोइरहेको देखिन्छ। सद्गुरु आफै पनि निकै भावविह्लल देखिन्छन्।

विज्ञापन

फिनल्यान्डको परराष्ट्र मन्त्रालयले नेपालमा आएको बाढीपछि आफ्ना एक नागरिक सम्पर्कविहीन भएको पुष्टि गरेको छ, तर गोपनीयताको कारण देखाउँदै बेपत्ता व्यक्तिबारे थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ।

सद्गुरुले दाबी गरेका व्यक्ति नै मन्त्रालयको सूचीमा रहेका व्यक्ति हुन् वा होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ। उनी महिला वा पुरुष के हुन् भन्ने खुलेको छैन।

बेपत्ता टोलीमा फिनिस नागरिकका साथै २२ अमेरिकी, १२ क्यानेडियन, ११ अस्ट्रेलियन लगायतका थुप्रै विदेशी नागरिक रहेको सद्गुरुले भिडियोमा बताएका छन्। समूहमा तीन नेपाली पनि थिए।

सद्गुरुले सबै सम्बन्धित देशका दूतावासहरूलाई हराइरहेका तीर्थयात्रीबारे जानकारी गराइएको पनि प्रस्ट पारेका छन्।

नेपालको रसुवा भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीमा परी हालसम्म कम्तीमा ४६९ जनाको मृत्यु भइसकेको छ। सयौँ हराइरहेका छन् भने हजारौँ विस्थापित छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले प्रभावित क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।

के हो कैलाश मानसरोवर यात्रा?

कैलाश मानसरोवर यात्रा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने पवित्र हिमाल कैलाश पर्वत र मानसरोवर तालको एक धार्मिक यात्रा हो। यसलाई अत्यन्तै ठुलो आध्यात्मिक महत्त्वको यात्रा मानिन्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरू सबैका लागि यसको ठूलो धार्मिक र आध्यात्मिक महत्त्व छ। यो यात्रामा निकै अप्ठ्यारो बाटो, अग्लो उचाइ र डरलाग्दो चिसो मौसम पार गर्नुपर्छ। त्यसैकारण यो संसारकै सबैभन्दा कठिन यात्रामध्ये एक मानिन्छ।

बाटोमा यति धेरै दुःख र कष्ट भए पनि हरेक वर्ष हजारौँ विदेशी पर्यटक तथा तीर्थयात्रीहरू नेपालको बाटो हुँदै यो यात्रामा जाने गर्छन्। यो यात्रा पूरा गर्नाले मानिसका पापहरू पखालिन्छन् र मोक्ष (मुक्ति) पाइन्छ भन्ने जनविश्वास रहेको छ।

इसा फाउन्डेसनले यो यात्रामा थुप्रै पर्यटकहरू लैजाने गरेको छ। काठमाडौँबाट सुरु हुने यो यात्रा करिब दुई साताको हुने फाउन्डेसनको वेभसाइटमा उल्लेख छ।

फाउन्डेसनको वेभसाइटमा राखिएको एक उद्दरणमा सद्गुरू भन्छन्ः कैलाश यो धर्तीको सबैभन्दा ठूलो रहस्यमय पुस्तकालय हो। सष्टिबारे जान्न मन लागेका जति पनि कुराहरू छन्, ती सबै त्यहीं छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप