0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा भारतीय चलचित्रको आकर्षण बढ्दो

    भारतीय चलचित्रहरू फिनल्यान्डका ठूला हलहरूमा नियमित देखाउने गरिए पनि नेपाली चलचित्रहरू भने त्यसरी बिरलै देखाइने गरिएको छ।

    संक्षेपमा.


    • फिनल्यान्डमा भारतीय चलचित्रहरू प्रदर्शन गर्ने क्रम बढेको छ।
    • फिनल्यान्डमा करिब २० हजार भारतीय नागरिक बसोबास गर्दछन्।
    • भारतीय चलचित्रहरूमा चलचित्रकै बीचमा विश्राम दिने चलन छ।

    फिनल्यान्डको सबैभन्दा ठूलो सिनेमा चेन फिनकिनोका अनुसार फिनल्यान्डमा भारतीय चलचित्रहरूको प्रदर्शन पछिल्ला वर्षहरुमा बढेको छ। फिनकिनोका कार्यक्रम प्रमुख टोनी लाहतेहिनेनका अनुसार फिनल्यान्डमा भारतीय दर्शकहरूको संख्या यति ठूलो छ कि भारतीय चलचित्रहरू प्रदर्शन गर्नु कम्पनीका लागि निकै लाभदायक सावित भएको छ। हाल फिनल्यान्डमा २० हजारभन्दा बढी भारतीयहरू बसोबास गर्दछन्। भारतीय चलचित्रका दर्शक भने भारतीय मात्र नभएर फिनल्यान्डमा बस्ने नेपाली, बंगालादेशी, पाकिस्तानी, श्रीलंकाली र स्थानीय फिनिशहरू पनि छन्।

    लाहतेहिनेनका अनुसार २०१९ देखि फिनकिनोका सिनेमा हलहरूमा धेरै भारतीय चलचित्रहरू नियमित रूपमा देखाइँदै आएका छन्। महामारीका कारण यो बजार केही समय सुस्त भएको थियो तर २०२१ देखि हेलसिंकीदेखि ओउलूसम्मका सिनेमा हलहरूमा भारतीय चलचित्रहरू प्रदर्शन भइरहेका छन्।

    “यो एक सामान्य प्रवृत्ति हो। आप्रवासीहरूले आफ्नो संस्कृतिका चलचित्रहरू हेर्न चाहन्छन्” लाहतेहिनेन फिनिस प्रसारण कम्पनी YLE संगको अन्तर्वार्तामा भने।

    भारतीय जोडी निखिता वुग्रनम्पल्ली र नागा धीरज बिद्दालाले हेलसिंकीको किनो पालात्सीमा तेलुगु भाषाको फिल्म ‘गेम चेन्जर’ हेरेका थिए। “यहाँ हामीले भारतको जस्तै अनुभव पाउँछौं किनकि हामी अन्य भारतीयहरूसँग पनि भेट्छौं।” वुग्रनम्पल्लीले भने, “फिनल्यान्डका मानिसहरू पनि हामीसँगै आएर चलचित्र हेर्दा हामीलाई खुसी लाग्छ।”

    भारतमा ७ करोड ४० लाख मानिसले बोल्ने तेलुगु भाषाको फिल्म उद्योगलाई टोलीवुड भनिन्छ, जुन भारतको सबैभन्दा ठूलो फिल्म उद्योगहरू मध्ये एक हो। धेरैजसो चलचित्रहरू अंग्रेजी उपशीर्षक अर्थात सबटाइटल सहित प्रदर्शन गरिन्छ।

    फिनल्यान्डमा भारतीय चलचित्रको बढ्दो लोकप्रियताले सांस्कृतिक विविधतालाई प्रोत्साहन गरेको छ। भारतीय चलचित्रहरूले फिनल्यान्डमा रहेका भारतीय समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै यहाँका अन्य नागरिकलाई पनि आकर्षित गरिरहेका छन्।

    भारतीय चलचित्रहरू अरूभन्दा फरक

    अन्य चलचित्र भन्दा भारतीय चलचित्र देखाँउदाको अनुभव फिनकिनोका लागि अलि फरक रहेको छ। लाहतेहिनेनका अनुसार भारतीय चलचित्रहरूमा बलियो भावना, संगीत, नृत्य र नाटकीय दृश्यहरू हुन्छन्। भारतीय चलचित्रहरू फिनिश वा हलिउडका चलचित्रहरूभन्दा लामा हुन्छन्। कुनै कुनै त तीन घण्टासम्म चल्छन्। लामा चलचित्रहरूमा विश्रामका लागि मध्यान्तर राखिएको हुन्छ।

    मध्यान्तरका बेला दर्शकहरू खुट्टा तन्काउन, शौचालय जान र खानेकुरा किन्न हलबाट बाहिर निस्कन्छन्। फिनल्यान्ड वा पश्चिमी चलचित्रहरूमा यस्तो चलन धेरै कम देखिन्छ। सन् २०१७ मा रिलिज भएको तीन घण्टा लामो फिनिश चलचित्र ‘द अननोन सोल्जर’ मा पनि विश्राम राखिएको थियो।

    लाहतेहिनेनले भारतीय चलचित्रहरू हलहरूमा छोटो समयको लागि मात्र देखाइने बताए। “हलिउड फिल्मको पहिलो हप्तामा दर्शकको संख्या ३० प्रतिशतले घट्छ भने भारतीय फिल्मको दर्शकको संख्या ७० प्रतिशतले घट्छ,” उनले भने।

    नेपाली चलचित्रको अवस्था फिनल्यान्डमा कस्तो छ?

    भारतीय चलचित्रहरू फिनल्यान्डका ठूला हलहरूमा नियमित देखाउने गरिए पनि नेपाली चलचित्रहरू भने त्यसरी बिरलै देखाइने गरिएको छ। नेपाली चलचित्रहरू नेपाली इभेन्ट मेनेजमेन्ट कम्पनीअरुले बेलाबेलामा देखाउने गरेका छन्। त्यसका अलावा स्थानीय फिल्म फेस्टिभल र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरि नेपाली चलचित्र र वृत्तचित्रहरू देखाउने गरिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप