संग्रह गर्नुहोस्।
संग्रहित

एस्पोमा प्रहरीले ‘टेजर’ प्रयोग गरेपछि एक व्यक्तिको मृत्यु

एस्पोमा शुक्रबार राति प्रहरीले 'टेजर' (विद्युतीय हतियार) प्रहार गर्दा घाइते भएका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • एस्पोमा प्रहरीद्वारा आक्रामक व्यक्तिमाथि ‘टेजर’को प्रयोग।
  • घाइतेको अस्पतालमा उपचारका क्रममा मृत्यु।
  • प्रहरीमाथि अनुसन्धान सुरु गर्ने बारे मूल्याङ्कन हुने।

गत शुक्रबार राति एस्पोमा प्रहरीले ‘टेजर’ प्रयोग गर्दा एक व्यक्तिको मृत्यु भएको घटना सार्वजनिक भएको छ।

पश्चिमी उसीमा प्रहरीका अनुसार एक वयस्क व्यक्तिले घटनास्थलमा आक्रामक र हिंस्रक व्यवहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उक्त हतियार प्रयोग गरिएको थियो।

घटनास्थलमा प्रहरी पुग्दा पनि ती व्यक्तिको हिंस्रक व्यवहार नरोकिएपछि प्रहरी टोलीले उनीमाथि ‘टेजर’ प्रहार गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

‘टेजर’ प्रहारबाट घाइते भएका ती व्यक्तिलाई एम्बुलेन्स टोलीले थप उपचारका लागि अस्पताल लगेको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

विज्ञापन

महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको प्रहरी अपराध एकाइले घटनामा प्रहरीको बल प्रयोग सम्बन्धी विषयमा प्रारम्भिक अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा मूल्याङ्कन गरिरहेको जनाइएको छ।

फिनल्यान्डमा ‘टेजर’ प्रहरीले प्रयोग गर्ने उपकरणभित्रै पर्छ। अन्य कुनै पनि उपायबाट स्थिति नियन्त्रणमा लिन नसकिएमा मात्र यसको प्रयोग गरिन्छ।

प्रहरी प्रशासनका अनुसार यो हतियार बन्दुकको विकल्पको रूपमा प्रयोग हुने गर्छ। ‘टेजर’लाई व्यक्तिमाथि दुई वटा तिर हानेर वा सोझै शरीरमा टाँसेर प्रयोग गर्न सकिन्छ। यसबाट ५०,००० भोल्टको करेन्ट प्रवाह हुन्छ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टीले गत वर्ष नै ‘टेजर’को प्रयोगमा अझ कडा नियमहरू लागू गर्न माग गरेको थियो।

फिनल्यान्डमा ‘टेजर’लाई प्रहरी, सीमा सुरक्षा बल, आपराधिक अपराध नियन्त्रण एजेन्सी र भन्सार अधिकारीहरूलाई मात्र प्रयोग गर्ने कानुनी अनुमति दिइएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हालै फिनल्यान्डको ताम्पेरेमा पनि एक सिभिल प्रहरीले आफ्नो गाडीको ढोका खोलेका सर्वसाधारणलाई पेस्तोल देखाएको घटनाले व्यापक चर्चा पाएको थियो।

स्थानीय मिडियाका अनुसार त्यसरी पेस्तोल देखाउने प्रहरीलाई अन्यत्रै सरुवा गरिएको छ। साथै उनीमाथि प्रहरी पदको दुरुपयोग गरेको र गैर कानुनी धम्की दिएको आशङ्कामा अनुसन्धान पनि सुरु गरिएको छ। 

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप