0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्याण्डका स्कूलमा स्मार्टफोन प्रयोगमा प्रतिबन्ध

    विशेष परिस्थितिमा कक्षाकोठामा मोबाइल प्रयोग गर्नु परे शिक्षकको अनुमति चाहिने छ। पठनपाठनमा अवरोध सिर्जना गरेको पाइएमा शिक्षकहरूले मोबाइल फोन जफत समेत गर्न सक्नेछन्।

    संक्षेपमा.


    • फिनल्याण्डको संसदले विद्यालयमा मोबाइल उपकरणको प्रयोगलाई सीमित गर्ने कानुन पारित गरेको छ।
    • नयाँ नियम आगामी अगस्टदेखि प्राथमिक र माध्यमिक विद्यालयहरूमा लागू हुनेछ।
    • शिक्षकको अनुमति लिएर पढाइ वा स्वास्थ्यसम्बन्धी प्रयोजनका लागि मोबाइल प्रयोग गर्न पाइनेछ, तर पठनपाठनमा बाधा पुर्‍याए जफत गर्न सकिनेछ।

    फिनल्याण्डको संसदले प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूले मोबाइल उपकरण प्रयोग गर्न पाउने नियममा कडाइ गर्ने कानुनलाई अनुमोदन गरेको छ। यो नयाँ व्यवस्था आगामी समर बिदापछि, अर्थात् अगस्ट महिनादेखि कार्यान्वयनमा आउने छ। यद्यपि, नयाँ कानुनले विद्यालयमा मोबाइल फोन पूर्ण रूपमा प्रतिबन्ध लगाएको भने छैन।

    नयाँ नियम अनुसार कक्षाकोठामा सामान्यतया मोबाइल फोनको प्रयोग निषेध गरिनेछ। तर विद्यार्थीहरूले विशेष परिस्थितिमा शिक्षकबाट अनुमति लिएर केहि समयका लागि फोन प्रयोग गर्न सक्नेछन्। उदाहरणका लागि पढाइमा सहयोग लिन वा व्यक्तिगत स्वास्थ्यसम्बन्धी केहि कारण भए फोन प्रयोग गर्न अनुमति दिइनेछ।

    यो कानुनले विद्यालयका कर्मचारीहरूलाई थप अधिकार पनि प्रदान गरेको छ। यदि कुनै विद्यार्थीको मोबाइल उपकरणले पठनपाठनमा अवरोध सिर्जना गरेको पाइएमा शिक्षकहरूले उक्त उपकरण जफत गर्न सक्नेछन्। यो कदम विद्यार्थीहरूको ध्यान पढाइमा केन्द्रित गराउने उद्देश्यले चालिएको सरकारले बताएको छ।

    गत वर्षको अन्त्यतिर शिक्षा मन्त्री एन्डरस् एडलरक्र्युजले फोनमा प्रतिबन्ध लगाइए पनि बालबालिकाको डिजिटल सीप विकासलाई भने निरन्तरता दिइने कुरामा जोड दिएका थिए।

    सन् २०२३ मा सार्वजनिक भएको विश्व शिक्षा सम्बन्धी युनेस्कोको एउटा रिपोर्टले कक्षामा फोनहरू सिकाईमा सहयोग पुर्‍याउन मात्र प्रयोग गर्नुपर्छ भनेको थियो। यो वर्ष फेरि त्यही एजेन्सीले गरेको नयाँ विश्लेषणले अहिले ६० भन्दा बढी देशहरूमा यस्तै नियम लागू भइसकेको देखाएको छ।

    केटाकेटीले पढिरहेको बेला स्मार्टफोनले ध्यान भङ्ग गर्न सक्छ भन्ने केही रिपोर्टहरूले देखाएका छन्। तर विज्ञहरू चाहिँ स्कुलमा यसको प्रयोगको पक्षमा पनि तर्कहरू छन् भन्छन्।

    किङ्स कलेज लन्डनमा मेडिकल स्ट्याटिस्टिक्स (medical statistics) का प्रोफेसर बेन कार्टरका अनुसार “स्कुलमा फोन बन्द गर्नु राम्रो हो कि नराम्रो हो भन्ने कुराको पक्का जवाफ कसैसँग छैन।” उनले केटाकेटीहरूमा प्रविधि र उपकरणहरूको प्रभावबारे अध्ययन गर्छन्।

    युरोपमा पनि इटाली, नेदरल्यान्ड्स, हंगरी लगायतका मुलुकमा विद्यालयमा मोवाइल फोन प्रयोग गर्न निषेध गरिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप