संग्रह गर्नुहोस्।
संग्रहित

फासीवादी ‘ब्लू-ब्ल्याक मुभमेन्ट’ राजनीतिक दल बन्ने पक्का

जातीय राष्ट्रवादमा आधारित समूहले ५,००० समर्थक कार्ड सङ्कलन गरिसकेको छ। अब उक्त समूहलाई राजनीतिक दलको रूपमा दर्ता हुन कुनै कानूनी बाधा नभएको पुष्टि फिनल्यान्डको न्याय मन्त्रालयले गरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • ‘ब्लू-ब्ल्याक मुभमेन्ट’ (Sini-Musta Liike) फिनल्याण्डको नयाँ राजनीतिक दल बन्ने।
  • समूहले पार्टी दर्ताका लागि आवश्यक ५,००० समर्थक कार्ड सङ्कलन गर्यो।
  • यो समूहले फिनल्यान्ड सेतो मान्छेको मात्र हो भन्ने जातीयवादी र फासीवादी विचारधारा बोकेको छ।

खुल्लमखुल्ला जातीयवादी र फासीवादी विचारधारा बोकेको ‘ब्लू-ब्ल्याक मुभमेन्ट’ फिनल्याण्डको राजनीतिक दल दर्तामा पुनः फर्कने भएको छ। समूहले पार्टी दर्ताका लागि आवश्यक पर्ने ५,००० समर्थक कार्ड सङ्कलन गरेपछि न्याय मन्त्रालयले यसलाई पुनः दर्ता गर्न कुनै कानूनी बाधा नभएको पुष्टि गरेको हो। यो जानकारी न्याय मन्त्रालयको निर्वाचन प्रशासन निर्देशक आर्टो यास्केलाइनेनले फिनिश प्रशारण संस्था YLE लाई दिएका हुन्।

यो समाचार तैयार पार्दासम्म समूहले ५,०८० जनाको समर्थन हस्ताक्षर प्राप्त गरेको देखिन्छ।

यास्केलाइनेनका अनुसार समूहको नियम र कार्यक्रम गत वर्ष नै समीक्षा गरिएको थियो र ती फिनल्यान्डको संविधान अनुसार स्वीकार्य पाइएका थिए। दर्ताका लागि केवल समर्थक कार्ड मात्र बाँकी रहेको उनले बताए। गत हप्ता मात्र ‘ब्लू-ब्ल्याक मुभमेन्ट’ ले आवश्यक सङ्ख्यामा समर्थक कार्ड सङ्कलन गरेको दाबी गरेको थियो।

यो समूह असन्तुष्ट पूर्व फिन्स पार्टी अर्थात् Perussuomalaiset का सदस्यहरूद्वारा स्थापना गरिएको हो। उनीहरूको विचार बलियो जातीय राष्ट्रवादमा आधारित छ। फिनल्यान्ड फिनिशहरूको मात्र हो र अरूलाई यहाँ ल्याउन हुँदैन भन्ने उनीहरूको स्पष्ट धारणा छ। यहाँ बसिरहेका आप्रवासीहरूलाई पनि कडाई गर्नुपर्छ भनेर उनीहरुले पार्टी प्रोगाम मै लेखेका छन्।

विज्ञापन

उनीहरूले सन् १९२९ र १९३२ को बीचमा फिनल्याण्डमा सक्रिय रहेको कट्टरपन्थी राष्ट्रवादी र फासीवादी समूह ‘लापुआ मुभमेन्ट’ बाट प्रेरित भई निलो र कालो रङ्गको प्रयोग गरेका हुन्। गत मे १ मा टाम्पेरेमा आयोजित एक कार्यक्रम र मार्चमा उनीहरू कालो पोशाकमा सहभागी भएका थिए। उनीहरूले फिनिश झण्डा र “मे दिवस सेतो हो” लेखिएको ब्यानर बोकेका थिए। उनीहरूको विरोधमा उत्रेको अर्को समुहले आक्रमण गरेपछि त्यहाँ झडप समेत भएको थियो।

यो समूहले सुरुमा जुन २०२२ मा न्याय मन्त्रालयबाट राजनीतिक दलको रूपमा दर्ता हुन अनुमति पाएको थियो। यद्यपी सन् २०२३ मा मन्त्रालयले समूहको पार्टी कार्यक्रम संवैधानिक र मानवअधिकार कानूनसँग असंगत रहेको भन्दै पार्टीलाई दर्ताबाट हटाउन सर्वोच्च प्रशासनिक अदालतमा निवेदन दिएको थियो। अर्को वर्ष अदालतले प्रारम्भिक रूपमा संस्थालाई दर्ताबाट हटाएको थियो। तर, हटाईएका समूहहरूले पनि पुनः पार्टी दर्ताका लागि आवेदन दिन सक्ने यास्केलाइनेनले बताए।

यास्केलाइनेनका अनुसार न्याय मन्त्रालयले सामान्यतया दलहरूले नियम र कानुनको दायरामा रहेर काम गरेको छ कि छैन भनी निगरानी गर्न सक्छ। तर व्यवहारमा दलहरूको गतिविधि अनुगमन उनीहरूको कोषको प्रयोगमा मात्र सीमित रहेको छ। उनले दलहरू र तिनीहरूको गतिविधिलाई अनुगमन गर्न धेरै आवश्यकता नभएको बताए।

यो समाचार तैयार पार्दासम्म समूहले ५,०८० जनाको समर्थन हस्ताक्षर प्राप्त गरेको देखिन्छ।

राजनीतिक दलहरूको विस्तृत अनुगमनको आवश्यकता छ कि छैन भन्ने प्रश्नमा यास्केलाइनेनले भने, “त्यो हेर्न बाँकी छ। राजनीतिक दलसम्बन्धी ऐन १९६९ देखि लागू भएको छ, र मन्त्रालयले राजनीतिक दलहरूको गतिविधिमा हस्तक्षेप गर्नुपरेको मलाई जानकारी छैन।”

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

न्याय मन्त्रालयले ‘ब्लू-ब्ल्याक मुभमेन्ट’ लाई पुनः राजनीतिक दलको रूपमा दर्ता गर्न कुनै कानूनी अवरोध नभएको पुष्टि गरेको छ। यसले जातीयवादी र फासीवादी विचार बोक्ने समूहलाई फिनल्याण्डको राजनीतिक मैदानमा फेरी फर्काएको छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप