संग्रह गर्नुहोस्।
संग्रहित

सर्वेक्षण: फिनल्यान्डमा बेरी टिप्ने विदेशीहरू काम र कमाइप्रति सन्तुष्ट

केही कम्पनीहरूमाथि मानव बेचबिखनको आरोप लागेपछि बेरी टिप्ने मौसमी कामदारहरूलाई पनि औपचारिक रोजगारी अनुमति दिने व्यवस्था गरिएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गत वर्ष फिनल्यान्डमा करिब ८०० थाई बेरी टिप्ने कामदार।
  • सरदर कमाइ १,८१६ युरो देखि ४,८०० युरो सम्म।
  • सर्वेक्षणका अनुसार ९८% कामदार सन्तुष्ट।

फिनल्यान्डको आप्रवासन विभागले गरेको एक सर्वेक्षणले थाई बेरी टिप्ने कामदारहरू आफ्नो काम र कमाइ प्रति निकै सन्तुष्ट रहेको देखाएको छ।

आप्रवासन विभागको तथ्यांक अनुसार गत वर्ष करिब ८०० थाई नागरिकले फिनल्यान्डमा बेरी टिप्ने काम गरेका थिए। यीमध्ये १८० जनासँग गरिएको अध्ययनमा ९८ प्रतिशत कामदारले आफू कामप्रति सन्तुष्ट रहेको बताएका हुन्।

सर्वेक्षणले बेरी टिप्नेहरूको आम्दानीमा भने उल्लेखनीय भिन्नता देखाएको छ। दुई फरक कम्पनीमा काम गर्ने कामदारहरूको आम्दानीमा २,९४० युरो सम्मको फरक पाइएको छ।

“हामीले दुई कम्पनीका कामदारहरूसँग कुराकानी गर्‍यौं। एउटा कम्पनीमा कामदारले मौसमभरमा औसत ४,८०० युरो कमाए भने अर्को कम्पनीमा १,८६० युरो मात्र,” आप्रवासन विभागकी विशेषज्ञ मिया मात्तिलाले Uutissuomalainen लाई बताइन्।

विज्ञापन

मात्तिलाका अनुसार कामदारहरूको आम्दानीमा देखिएको यो भिन्नताको कारण मुख्यतया दुई कुरामा निर्भर रहेको पाइएको छ। पहिलो, रोजगारदाताले तलबबाट गरेको कट्टीको मात्रा र दोस्रो, कामदारले गरेको काम घण्टा वा ठेक्का कामको परिमाण।

थाई बेरी टिप्ने कामदारहरूले काम गर्ने अनुमतिपत्र लिएर फिनल्यान्डमा काम गरेको यो पहिलो पटक हो। थाईल्यान्डबाट बेरी टिप्न कामदार ल्याउने केही कम्पनीहरूमाथि मानव बेचबिखनको आरोप लागेपछि गत वर्षदेखि थाई कामदारहरूलाई औपचारिक रोजगारी अनुमति दिने व्यवस्था गरिएको हो।

थाई बेरी टिप्ने कामदारहरूले काम गर्ने अनुमतिपत्र लिएर फिनल्यान्डमा काम गरेको यो पहिलो पटक हो।

कामदारहरूको अवस्था सुधार भयो कि भएन भनेर हेर्न क्षेत्रीय प्रशासन कार्यालय (AVI) ले चार कम्पनीको निरीक्षण गरेको जनाइएको छ। उत्तरी फिनल्यान्डको श्रम सुरक्षा विभागकी निर्देशक हान्ना-काइसा रायालाका अनुसार कामदारहरूको अवस्थामा सुधार आएको छ वा छैन भन्ने निष्कर्ष निकाल्न भने अझै केही समय लाग्नेछ।

निरीक्षणमा कामदारहरूको काम गर्ने अवस्था, बसोबासको व्यवस्था र पारिश्रमिकको विस्तृत अध्ययन गरिएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप