संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको सिल्तासारीमा गोली चल्यो : एक पुरुषको मृत्यु, महिला गम्भीर घाइते

मृतक पुरुष एक पूर्व व्यवसायी थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्कीको सिल्तासारीस्थित एक अपार्टमेन्टमा सोमबार बिहान चलेको गोलीका कारण एक पुरुषको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भई अस्पतालमा उपचाररत छिन्।

हेलसिन्की प्रहरीले घटनालाई ज्यान मार्ने प्रयासको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुरुषले महिलालाई गोली हानेपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए।

मृतक पुरुष एक पूर्व व्यवसायी थिए। उनको विशेषज्ञता विज्ञान, प्रविधि र संगीतमा रहेको जनाइएको छ। लामो समयदेखि व्यवसायमा सलंग्न उनले केही महिनाअघि मात्र व्यवसाय बन्द गरेका थिए।

हेलसिन्की प्रहरीका अनुसार सोमबार बिहान ५ बजेभन्दा केही अघि गोली चलेको सूचना प्राप्त भएको थियो। प्रहरीका अनुसार घटनामा मृत्यु भएका पुरुष ६६ वर्षका हुन् भने गम्भीर घाइते महिला ४८ वर्षकी हुन्।

विज्ञापन

प्रहरीका अनुसार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते महिलालाई तत्काल अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार मृतक पुरुष सोही अपार्टमेन्टमा बस्दै आएका थिए। महिला पनि सोही अपार्टमेन्टमा दर्ता भएकी थिइन्। यद्यपि उनीहरूको सम्बन्धबारे प्रहरीसँग स्पष्ट जानकारी नभएको प्रहरीले जनाएको छ।

पुरुष र महिलाबीच पहिले कुनै हिंसात्मक घटना भएको वा प्रहरीमा त्यस्तो कुनै उजुरी परेको रेकर्ड नभएको फिनिश भाषाको अनलाइन इल्तालेहतीले लेखेको छ।

प्रहरीले हाल यो सम्पूर्ण अवस्था कसरी सुरु भयो, यस क्रममा के भयो, स्थिति आकस्मिक थियो वा यो लामो समयदेखिको विवादको परिणाम थियो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

पुरुषको व्यवसाय केही महिनाअघि मात्र बन्द भएको तथ्यले पनि घटनाको सम्भावित कारणबारे अनुसन्धानलाई थप जटिल बनाएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप