संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डको पिआरमा कडाइ हुने, नयाँ प्रस्ताव संसद् पुग्यो 

नयाँ प्रस्ताव संसदमा बिहीबार पेश भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • पीआरका लागि आवश्यक बसोबास अवधि ४ वर्षबाट बढाएर ६ वर्ष।
  • आवेदकले फिनिस वा स्विडिस भाषामा दक्ष हुनुपर्ने।
  • फिनल्यान्डमा निश्चित अवधि काम गरेको अनुभव पनि आवश्यक पर्ने।

फिनल्याण्ड सरकारले स्थायी बसोबास अनुमति प्राप्त गर्नका लागि मापदण्डहरू कडा बनाउने योजना घोषणा गरेको छ। नयाँ नियमले लामो बसोबास अवधि, फिनिस वा स्विडिस भाषामा दक्षता, र काम गरेको निश्चित अवधिको अनुभव अनिवार्य गर्नेछ। सरकारले बिहीबार संसदमा यससम्बन्धी प्रस्ताव पेश गरेको छ।

“सफल एकीकरण स्थायी बसोबास अनुमतिको लागि पूर्वशर्त हुनेछ। सरकारी कार्यक्रममा राखिएको उद्देश्यहरू मध्ये एक आप्रवासीहरूलाई फिनिश समाजका नियमहरूको पालना गर्न, काम गर्न र भाषा सिक्न प्रोत्साहन गर्नु हो।” फिनल्यान्डकी आन्तरिक मामिला मन्त्री मारी रन्तानेनले एक प्रेस विज्ञप्तिमा भनेकि छिन्।

नयाँ नियम अनुसार हालको चार वर्षको बसोबास आवश्यकतालाई बढाएर छ वर्ष पुर्‍याइनेछ। तर निश्चित मापदण्ड पूरा गरेमा चार वर्षपछि पनि स्थायी बसोबास अनुमतिका लागि आवेदन दिन सकिने सरकारले बताएको छ।

निम्न तीन मध्ये कम्तिमा एउटा पूरा गरेमा फिनल्यान्डमा चार वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्:

विज्ञापन
  • न्यूनतम वार्षिक आय ४०,००० युरो।
  • फिनल्याण्डमा मान्यता प्राप्त मास्टर वा स्नातकोत्तर डिग्री हासिल गरेको र यहिँ दुई वर्ष काम गरेको।
  • फिनिस वा स्विडिस भाषामा “उच्च प्रवीणता” र तीन वर्षको कार्य अनुभव भएको।

“यदि आवेदकले कार्य अनुभवको आवश्यकता पूरा गर्छ भने, उनीहरूले बेरोजगार सुरक्षा वा सामाजिक सहायता अधिकतम तीन महिना मात्र प्रयोग गरेको हुनुपर्छ।” विज्ञप्तिमा भनिएको छ।

कुनै कारण आवेदक जेल बसेको रहेछ भने त्यस्तो आवेदकको जेल बस्नु अगाडीको समयलाई पिआरमा गनिने छैन्। सजाय भुक्तान गरेर जेलबाट निस्केपछिको समय मात्र पिआरका लागि गनिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

सरकारले यो कानुन परिवर्तन ८ जनवरी २०२६ मा लागू हुने अपेक्षा गरेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप