0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बेरोजगार हुँदा पनि केही न केही सिकिरहनुहोस् 

    काम खोज्न सबै नेटवर्कहरूको उपयोग गर्नु राम्रो हुन्छ। हामीलाई थाहा छ कठिन समयमा पनि रोजगारीका लागि मान्छेहरू त भर्ती गरिन्छ नै।

    पिया पाकारिनेन

    (प्रमुख कार्यकारी, हेलसिन्की चेम्बर अफ कमर्स)

    उच्च शिक्षा भएका व्यक्तिहरू बेरोजगार कम हुन्छन् भन्ने मान्यता परम्परागत रूपमा छ। तर पछिल्ला महिनाहरूको रोजगारी तथ्यांकले देखाए अनुसार उच्च शिक्षा प्राप्त समूहहरूमा बेरोजगारी तीव्र गतिमा बढेको छ। खास गरी उसीमा र हेलसिन्की क्षेत्रमा बेरोजगारहरूको संख्या फिनल्याण्डको औसत भन्दा छिटो बढिरहेको छ।

    उदाहरणका लागि हेलसिन्कीमा मार्चको अन्त्यसम्म उच्च शिक्षा प्राप्त बेरोजगारको संख्या गत वर्षको तुलनामा लगभग एक चौथाईले बढी थियो। लगभग सबै पेशागत समूहहरूमा बेरोजगारी बढ्यो, तर अघिल्लो वर्षको तथ्यांकको तुलनामा प्रबन्धकहरू (७०%) र विशेषज्ञहरू (३३%) मा सबैभन्दा बढी वृद्धि भयो।

    मार्चको अन्त्यसम्म हेलसिन्कीमा खाली पदहरू गत वर्षको तुलनामा आधा मात्र थिए। अहिले धेरै उच्च शिक्षित व्यक्तिहरू जीवनमा पहिलो पटक बेरोजगार भएको अवस्था पनि छ। अहिले धेरैका लागि स्वतःस्फूर्त रूपमा रोजगारीका प्रस्तावहरू आउँदैनन् र एउटा आकर्षक पदका लागि सयौं आवेदकहरू हुन सक्छन्। बेरोजगारीको अवधि लम्बिने अवस्था अहिले सामान्य भएको छ। नयाँ बेरोजगारहरू मध्ये लगभग ७०% को बेरोजगारी तीन महिना भन्दा बढी समयदेखि रहेको देखिन्छ।

    तर श्रम बजारको यो अवस्था भ्रमपूर्ण पनि छ। जब अर्थतन्त्र सुध्रिन थाल्छ र आर्थिक वृद्धि देखिन थाल्छ, दक्ष जनशक्तिको फेरि चरम अभाव हुनेछ, र कुशल कर्मचारीहरूको माग बढ्ने छ। सन् २०४० सम्ममा फिनल्याण्डमा काम गर्ने उमेरका मानिसहरूको संख्या हालको भन्दा एक लाखले कम हुनेछ। सोही समयमा सेवानिवृत्तहरूको संख्या अहिलेको भन्दा तीन लाखले बढेको हुनेछ।

    लामो समयदेखि प्रतीक्षित आर्थिक र निर्यात पुनरुत्थानका लागि अझै पर्खनु पर्ने अवस्था त छ, तर आशाका किरणहरू पनि छन्। उदाहरणका लागि निजी उपभोग वर्षको सुरुदेखि थोरै वृद्धि हुन थालेको छ।

    धेरै उच्च शिक्षित व्यक्तिहरू जीवनमा पहिलो पटक बेरोजगार भएका छन्।

    रोजगारीको स्थिति सम्भवतः न्यूनतम बिन्दुमा पुगेको छ। हेलसिन्की क्षेत्रको चेम्बर अफ कमर्सको अप्रिल सर्वेक्षणका अनुसार हेलसिन्की क्षेत्रका कम्पनीहरूले आगामी तीन महिनामा आफ्नो रोजगारी क्षमता स्थिर रहने अनुमान गरेका छन्। वृद्धिका लागि भू-राजनीतिक र व्यापारिक तनावहरू कम हुन आवश्यक छ। हामीलाई थाहा अनिश्चितता व्यवसायका लागि विष सरह हो।

    म के सल्लाह दिन्छु भने बेरोजगार रहँदा आफ्नो सीप अपडेट गर्नु र केही न केही सिकिरहनु राम्रो हुन्छ। डिजिटल सीपहरू र एआइ (कृत्रिम बौद्बिकता) प्रयोग त अत्यावश्यक सीपहरू हुन्। फुर्सदको समय सदुपयोग गरेर यस्ता सीपहरू सिक्न सकिन्छ।

    म अर्को सल्लाह के पनि दिन्छु भने जब तपाईंले कुनै उपयुक्त पद खुल्न लागेको थाहा पाउनुहुन्छ, भर्ती गर्ने व्यक्ति अर्थात् HR मा सिधै सम्पर्क गर्नुहोस्। काम खोज्न सबै नेटवर्कहरूको उपयोग गर्नु राम्रो हुन्छ। हामीलाई थाहा छ कठिन समयमा पनि रोजगारीका लागि मान्छेहरू त भर्ती गरिन्छ नै।

    (पाकारिनेनले फिनिस भाषामा प्रस्तुत गरेको यो विचार हाम्रा पाठकहरूलाई समेत उपयोगी हुने ठानी नेपालीमा भावानुवाद गरि प्रकाशन गरिएको हो। – नेपालीलाइनेन)

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप