संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा घरजग्गा कारोबार बढ्यो, तर मूल्यमा भने निरन्तर गिरावट

गत वर्षको तुलनामा कारोबारमा ३.७ प्रतिशतले वृद्धि भएपनि अप्रिलको तुलनामा प्रमुख शहरहरू, विशेषगरी राजधानी क्षेत्रमा घरको मूल्य घट्यो; बजारमा सुधारको संकेत तर दबाब कायमै।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • मे महिनामा फिनल्याण्डमा ४,७६३ घरजग्गा कारोबार, गत वर्षको तुलनामा ३.७ प्रतिशतले बढी।
  • हेलसिन्की महानगर क्षेत्रमा पुराना अपार्टमेन्टहरूको मूल्य ४.५ प्रतिशतले घट्यो।
  • ब्याजदरमा आएको कमी र क्रयशक्तिमा सुधारले भविष्यमा गतिविधि बढ्ने आशा।

फिनल्यान्डमा मे महिनामा घरजग्गाको बिक्रीमा उत्साहजनक वृद्धि देखिए पनि मूल्यमा भने गिरावट आएको छ। फिनिस रियल इस्टेट एजेन्सीहरूको केन्द्रीय महासंघ (KVKL) ले जारी गरेको तथ्याङ्कअनुसार अप्रिलमा देखिएको मूल्य वृद्धिको सकारात्मक प्रवृत्ति मे महिनामा टिक्न सकेन र मूल्यहरू पुनः ओरालो लागेका छन्। विशेष गरी राजधानी हेलसिन्की क्षेत्र र अन्य प्रमुख शहरहरूमा यो गिरावट स्पष्ट देखिएको छ।

मे महिनामा देशभर कुल ४,७६३ घरजग्गा कारोबार भएको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतले बढी हो। यद्यपि कारोबारको यो मात्रा विगत पाँच वर्षको औसतभन्दा अझै कम छ। यी कारोबारमध्ये ४,६३७ पुराना घरहरू थिए भने १२६ मात्र नयाँ निर्माण गरिएका घरहरू थिए।

हेलसिन्की महानगर क्षेत्रमा पुराना अपार्टमेन्टहरूको मूल्य अप्रिल महिनाको तुलनामा ४.५ प्रतिशतले घट्यो भने अन्य प्रमुख शहरहरूमा १.५ प्रतिशतले गिरावट आयो। टाम्परेमा ३.० प्रतिशत, टुर्कुमा ३.२ प्रतिशत र औलुमा ०.७ प्रतिशतले मूल्य घटेको तथ्याङ्क छ। गत वर्षको मे महिनाको तुलनामा राजधानी क्षेत्रमा मूल्य ६.१ प्रतिशत र अन्यत्र १.३ प्रतिशतले कम भएको देखिन्छ।

फिनिस रियल इस्टेट एजेन्सीहरूको केन्द्रीय महासंघ (KVKL) का प्रमुख कार्यकारी अधिकृत टुओमास भिल्यामाले बढ्दो कारोबार संख्याले बजारमा सुस्त सुधारको संकेत गरे पनि मूल्यमा निरन्तर दबाब रहेको स्वीकारे।

विज्ञापन

सन् २०२२ को सुरूमा जब १२-महिने युरिबोर (Euribor) शून्यभन्दा माथि पुगेको थियो त्यो बेला देखि नै फिनल्यान्डको घरजग्गा बजार दबाबमा छ। त्यसयता फिनिस घरपरिवारको आत्मविश्वास कमजोर भएको छ, र त्यसले माग र ऋण आवेदन दुवैलाई असर गरेको छ। बैंक अफ फिनल्यान्डको तथ्याङ्कअनुसार विगत तीन वर्षमा आवास ऋणको कुल रकम करिब ३.३ अर्ब युरोले घटेको छ।

मुद्रास्फीतिको अनुभूति अझै उच्च छ र आधिकारिक तथ्याङ्क कम भए पनि धेरै घरपरिवारले मूल्य वृद्धि रिपोर्ट गरिएको भन्दा बढी महसुस गरेका छन्। यद्यपि कम ब्याजदर र सुधारिएको क्रय शक्तिले आवास गतिविधिमा निरन्तर वृद्धिका लागि अवस्था सिर्जना भने गरेको छ।

पछिल्लो तथ्याङ्क अनुसार भान्तामा छुट्टै घरहरू (omakotitalo) मे महिनामा निकै छिटो बिक्री भए, जहाँ औसत बिक्री समय अप्रिलको १३२ दिनबाट घटेर ९० दिनमा झर्‍यो। यसको विपरीत हेलसिन्कीमा छुट्टै घर बिक्री हुन लाग्ने औसत समय ७९ दिनबाट बढेर १३७ दिन पुग्यो। पुराना अपार्टमेन्टहरूका लागि राजधानी क्षेत्रमा औसत बिक्री समय ११५ दिन र देशका अन्य भागमा १२० दिन रह्यो।

मे महिनामा बिक्री बढे पनि मूल्यमा आएको गिरावटले फिनल्याण्डको घरजग्गा बजारमा क्रेताहरूको लागि अनुकूल अवस्था रहेको संकेत गर्छ, तर बजार पूर्ण रूपमा सुधार हुन अझै समय लाग्ने देखिन्छ।

यदि यो प्रवृत्ति जारी रह्यो भने २०२५ मा कुल आवास कारोबार ६०,००० को हाराहारीमा पुग्न सक्ने अनुमान छ। मूल्य घटे पनि यो वर्ष क्रेताहरूको बजार बनेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप